नेसनल प्याव्सन भक्तपुरको फुटसल कपमा मदरल्याण्डको जित | Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको फुटसल कपमा मदरल्याण्डको जित

पढ्न लाग्ने समयः 2 मिनेट
नेसनल प्याव्सन भक्तपुरको फुटसल कपमा मदरल्याण्डको जित : Jana Aawaj News

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता हुन मदरल्याण्ड स्कुल सफल भएको छ ।

मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो ।

माध्यमिक तहको खेलमा उपविजेता यूनिटी स्कुल र आधारभूत तहको खेलमा ईडेन गार्डेन स्कुल उपविजेता भइ फस्ट रनरअपको शिल्ड प्राप्त गरेको थियो । माध्यमिक तहको सेकेन्ड रनरअपमा ग्लीटर फ्यूचर स्कुल र क्वालिटी स्कुल हुन सफल भएका थिए । आधारभूत तहको सेकेन्ड रनरअपको उपाधि क्वालिटी स्कुल र आरक्षण नेसनल स्कुलले जित्न सफल भएका थिए । त्यसै गरी फेयर प्ले टिमको उपाधि माध्यमिक तहतर्फ पारीजात विद्याकुन्ज स्कुल र आधारभूत तहतर्फ जागृति विदा सदन स्कुलले पाएका थिए ।

साथै माध्यमिक तहको उत्कृष्ट खेलाडि मदरल्याण्ड स्कुलका खेलाडि निश्चल सुनुवार भएका थिए भने, उत्कृष्ट गोलकिपर यूनिटी स्कुलका खेलाडि आशिष थापा भएका थिए । आधारभूत तहको उत्कृष्ट खेलाडि ईडेन गार्डेनका अमित मिजार भएका थिए भने उत्कृष्ट गोलकिपर मदरल्याण्ड स्कुलका खेलाडि एकिन कासुला भएका थिए ।

 

उक्त प्रतियोगिताको समापन एवं पुरस्कार वितरण प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा, नेशनल प्याव्सनका जिल्ला अध्यक्ष संजय खड्का, उपाध्यक्ष राम प्रसाद खाताखो लगाएतले शिल्ड र मेडल प्रदान गर्नु भएको थियो । अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगितामा भक्तपुरका नेसनल प्याव्सन सदस्य विद्यालयबाट माध्यमिक र आधारभूत तह गरी जम्मा ३२ वटा समूह सहभागि रहेको संयोजक सुमन शिल्पकारले जानकारी दिनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न