वागीश्वरीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न | Jana Aawaj News

वागीश्वरीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न : Jana Aawaj News
तस्बिर : वागीश्वरी माध्यमिक विद्यालय

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा विद्यालयको सभा हलमा शनिवार वागीश्वरीमा कार्यरत कर्मचारीहरु बिच कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कर्मचारीहरु भनेको सार्वजनिक व्यक्तित्व हुन् । कर्मचारीहरुले समयानुकुलु ऐन कानुनसंग सधै परिचित हुनु पर्ने कर्मचारीहरु संस्थाप्रति इमान्दार हुनुका साथै वैचारिक रुपमा परिपक्व हुनुपर्ने अनिवार्य रुपमा आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अतिथि एवं वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले आफुले वागीश्वरीमा कार्यरत हुँदाका पुराना क्षणहरु स्मरण गर्दै काम नै व्यक्तिको परिचय रहेकाले नमुना विद्यालयका कर्मचारीहरु नमुना बन्नु पर्नेमा जोड दिनुभयो । वागीश्वरीमा कार्यरत कर्मचारीहरुको साथ सहयोगले आज वागीश्वारी माविसंगै वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट गरी तीनवटा संस्था सफलतापूर्वक सञ्चालन भैरहेको बताउनुभयो ।

भक्तपुर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई प्रशिक्षक रहनुभएको कार्यक्रमको दोस्रो चरणमा उहाँले अन्तरक्रियात्मक रुपमा तालिम संञ्चालन गर्दै नेपालमा अभ्यास भइरहेको प्रशासनीक कानुनी प्रावधान, कर्मचारीको कर्तव्य, मर्यादाको बारेमा चर्चा गर्नुभएको थियो ।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले स्वागत मन्तव्यको क्रममा धेरै वर्ष अनुभव लिएर काम गरे पनि यस्ता किसिमको तालिमहरु नियमित रुपमा कर्मचारीहरुले लिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वारी माविका सहायक प्र.अ. कृष्णप्रसाद कर्माचार्य, राजन फेलु, तुल्सीराम प्रजापति तथा सविन्द्र प्रजापतिको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रशिक्षक भट्टराईलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

े

+ posts

 

 

 

 

 

 

 

ताजा
1 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
2 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
3 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
4 परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न