सात दिने प्रभावकारी कुशल नेतृत्व विकास तालिम शुरु | Jana Aawaj News

सात दिने प्रभावकारी कुशल नेतृत्व विकास तालिम शुरु

पढ्न लाग्ने समयः 2 मिनेट
सात दिने प्रभावकारी कुशल नेतृत्व विकास तालिम शुरु : Jana Aawaj News
तस्बिर : राम चन्द्र प्रजापति

राम चन्द्र प्रजापति
भक्तपुर । परिवर्तनशील आवाज तथा परिवर्तन समाज भक्तपुरको आयोजनामा सात दिने प्रभावकारी कुशल नेतृत्व विकास तालिम शुरु भएको छ ।


परिवर्तन समाजका अध्यक्ष राम चन्द्र प्रजापतिको सभापतित्वमा कुम्पाख खाजा घर सुन्दरवस्ती सुर्यविनायकमा उद्घघाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं चांगुनारायण नगरपालिकाका पूर्व मेयर सोम प्रसाद मिश्रले आफू नेतृत्व विकास तालिमै लिएर नेतृत्व तहमा पुगेको होइन त्यो बेला यसरी तालिम भनेको खासै हुने नगरेको आफू पनि राजनीति लगाएत विभिन्न संघसंस्था शैक्षिक नेतृत्व तहमा पुगिएको जसले गर्दा नेतृत्व के कसरी गर्न पर्ने सहि निर्णय सहि समयमा नेतृत्वले गर्नु पर्ने कामको अनुभवबाट सिकेको बताउनुभयो ।


कार्यक्रममा ३५ जना भन्दा बढी प्रशिक्षार्थी भएको तालिममा प्रमुख अतिथिले सबैले तालिम लिइ सकेपछि सिकेका ज्ञान सीप आफ्नो व्यवसाय संघसंस्था राजनीति, आफ्नो परिवार लागाएतमा नेतृत्वको भुमिका जिवनका पाईलामा जिवनपयोगी होस भनी शुभकामना व्यक्त गर्नुभयो ।

प्रशिक्षक सत्य सुवालले नेतृत्व आफ्नो क्षमता अनुसार सबैले नेतृत्वको भुमिका खेलेको हुन्छ, जति आफ्नो प्रभाव पार्न सकिन्छ त्यति नै नेतृत्वको क्षमाताको विकास हुन्छ र नेतृत्व क्षमताको अभिवृद्धि नेतृत्वले गर्दै जानू पर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव अक्षय सुन्दर प्रजापति, कार्यक्रम संयोजक लक्ष्मी शिलाकार, भक्तपुर नगरका नेता राम गोपाल चगुठी रोम्बस सेकेण्डरी स्कुलका प्रीन्सिपल डा.राजेन्द्र कोजु लागाएतले सात दिने प्रभावकारी नेतृत्व विकास प्रशिक्षण तालिमको सफलाताको शुभकामना दिनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न