चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ : उपप्रमुख  | Jana Aawaj News

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ : उपप्रमुख 

पढ्न लाग्ने समयः < 1 मिनेट
चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ : उपप्रमुख  : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ ।

भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो ।

खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि अघिल्लो स्थानीय सरकारले टेन्डर गरे पनि उक्त समूहले समयमा काम गर्न नसक्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु परेको बताउँदै अव उक्त आरोप प्रत्यारोप भन्दा पनि खेल मैदान बनाउन आफूहरू लागि पर्ने उहाँले बताउनुभएको हो ।

यस्तै फरक प्रसङ्गमा उहाँले चाँगुनारायण अस्पताललाई वडा नम्वर ४ बाट सार्ने चलखेलको विरुद्धमा आफू अग्रसर भएर लाग्ने समेत बताउनुभएको थियो । उहाँले यदि अस्पताल सर्‍यो भने म आफै राजीनामा दिने छु अस्पताल सर्दैन भन्ने निश्चिन्त हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट भक्तपुर जिल्लामा बेसबल तथा सफ्ट बल खेलको विकास र विस्तारका लागि सुरुवाती दिनदेखि योगदान दिँदै आउनुभएका स‌ंवाहक डटकमका सम्पादक एवं सञ्चारकर्मी सन्जिब दुलाललाई सम्मान गरिएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न