राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा | Jana Aawaj News

राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा : Jana Aawaj News

भक्तपुर । विगत १२ वर्ष देखि भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विकास एवं विस्तारमा तल्लीन रहेको राईजिङ्ग स्टार्स बेसबल क्लबको पहिलो अधिवेशनबाट अध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

विगत १२ वर्ष भन्दा लामो समय देखि भक्तपुरमा खेलको विकास तथा प्रशिक्षण प्रदान गर्दै आएको उक्त क्लबको उपाध्यक्षमा भने लक्ष्मी कुवर थापा , सचिवमा निश्चल केसी, कोषाध्यक्षमा उज्ज्वल राउत, सदस्यहरूमा सगुन खिचाजु, रमा राउत, प्रदीप पौडेल, विशाल खड्का, पूजन खिचाजु, कृपेश कार्की र अनिल थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी , भक्तपुर बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष मनोरञ्जन थापा लगायतका महानुभावहरूले पद तथा गोपनीयताको शपथ खुहाउनुभएको थियो ।

कार्यक्रममा नेपाल बेसबलका राष्ट्रिय खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो । राईजिङ्ग स्टार्स बेसबल क्लबले हाल सम्म एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन गरी सकेको छ भने हाल पनि आधा दर्जन भन्दा बढी खेलाडी यसै क्लबबाट राष्ट्रिय टिममा खेल्दै आएका छन् ।

यस क्लबले विगत १२ वर्ष देखि भक्तपुरका विभिन्न विद्यालयमा निःशुल्क प्रशिक्षण तथा खेलाडी उत्पादनमा योगदान दिँदै आएको छ भने आधा दर्जन भन्दा बढी मुलुकमा खेलको प्रदर्शनी गरी सकेको छ ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न