
नारायण थापा
धनगढी । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज धनगढिले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १२,८९ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा २५० जनाको सहभागीता रहेको थियो। मण्डलिले ‘निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम, रक्तदान अभियान’ हो । बाइबलअनुसार निस्तार चाडचाहिँ ‘विपत्ति पार भएर जान्छ’ भन्ने अर्थ बोकेको परमेश्वरको चाड हो।
परमेश्वरको मण्डलीका कार्यक्रम संयोजक अनिल मोक्तानले “येशू ख्रीष्ट क्रूसमा बलि हुनुभन्दा अघिल्लो दिन उहाँले आफ्नो देह र रगतलाई संकेत गर्ने निस्तार-चाडको रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभई मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन प्रदान गर्नुभयो ।
निस्तार–चाड पनि रगत र जीवनसँग सम्बन्धित भएकोले र नेपाल रेडक्रस सोसाइटीको “रक्तदान जीवन दान” भन्ने भनाइ भएकोले यसलाई आत्मासात गर्दै यो रक्तदान कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
निस्तार-चाडमा समाहित ख्रीष्टको प्रेम र बलिदानको अनुकरण गर्दै रक्त अभावले गर्दा जीवन जोखिममा परेका मानिसहरू माझ प्रेम बाँड्ने मण्डलिको मुुुख्य उदेश्य हो । हाम्रा छिमेकीहरू सबैको जीवन र स्वास्थ्य पुनर्स्थापना भएर हर्षपूर्ण जीवन जिउन सकून् भन्ने चाहन्छौं” भन्दै आफ्नो शुभकामना व्यक्त गर्नुुुभयो ।
धनगढी परमेश्वरको मण्डलीमा आयोजित कार्यक्रममा धनगढी लगायत टीकापुर, भिमदत्त, घोडाघोडी, गोदावरी, गौरीगंगा जस्ता ठाउँहरूबाट सदस्यहरु तथा स्थानियको सहभागिता रहेको थियो । कार्यक्रममा १०७ पिन्ट रगत संकलन गरिएको थियो ।
भीमदत्तबाट रक्तदान गर्न आउनुभएका मण्डलीका एक सदस्य रञ्जित चौधरीले रक्तदान कार्यक्रममा सहभागी हुन पाउनु मात्र पनि एक जनाको जीवन बचाएको अनुभूति भइरहेको बताउनुभयो । शारीरिक रूपमा रगत दिदाँ पनि परमेश्वरको हामी प्रतिको साँचो आत्मिक प्रेम महसुस भएको बताउनुभयो । परमेश्वर हामी पापीहरूलाई बचाउन यो पृथ्वीसम्म आउनुभयो । आफ्नो अनमोल रगत बगाउनुभएर हाम्रो पाप क्षमा गर्नुहुँदै हामीलाई आत्मिक जीवन दिनुभयो । आज परमेश्वरको शिक्षा अनुसार छिमेकीलाई प्रेम गर उक्त प्रेमलाइ व्यवहारमा लागु गर्दै मेरो एक पिन्ट रगतले अज्ञात एक व्यक्तिको जीवन बचाउँदैछु भन्ने कुरामा धेरै खुशी लागेको बताउनुभयो । यो कार्यक्रमद्वारा परमेश्वरको प्रेम र बलिदान महसुस भएको र निस्तार-चाडको महत्व अझ महसुस भएको बताउनुभयो ।
त्यसै गरी धनगढी मण्डलीका सदस्य मिलन गुरूङले धनगढी सियोनमा पहिलो पल्ट गरिएको रक्तदान भएकोले धेरे उत्साहित भएको बताउनुभयो । आगमी दिनमा बाट पनि यस्तो मानव प्रेम, परोपकारका कार्य र विभिन्न स्वयं सेवाका कार्य गर्ने इच्छा भएको बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी कैलालीका जिल्ला सभापति बासुदेव बिनाडीले “परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा यस्तो मानव परोपकारको काम गर्दै रहेछ । अहिले विश्वव्यापी रूपमा १२८९ औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जीवन बचाउने कार्यमा निरन्तर लागि पर्नुभएको छ । जीवन बचाउने कार्यमा रेडक्रसलाई पनि सहकार्य गर्ने मौका दिनुभएकोमा परमेस्वरको मण्डलीप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी कैलालीका रक्त संचार विभाग प्रमुख धारणी पन्तले तपाईंहरूले गरिरहनु भएको कार्य उत्कृष्ट कार्य भएकोले, आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै जानुहोला, हामी सक्दो सहयोग गर्नेछौँ भन्दै बाचा गर्नुभयो । साथै कदर पत्र वार्षिक भेलामा आमन्त्रण गरी प्रदान गर्ने बताउनुभयो ।
यस्तै धनगढी उप महानगरपालीका वडा नं ४ का वडा अध्यक्षले, धनगढी वडा नं ४ मा धेरै मण्डली भएको थाहा थियो । तर हाम्रो नजिक, यो भवनमा यस्तो राम्रो कार्य गर्ने मण्डली रहेछ भन्ने कुरा कार्यक्रमको लागि निमण्त्रणा पत्र पाउँदा मात्र थाहा पाएको बताउनुभयो । आउने दिनमा सहकाॠ गर्दै हाम्रो वडालाई उत्कृष्ट बनाउन, सफा र हरित शहर बनाउने अभियानमा रहेका हामीहरू वतावरणीय सरससफाई गर्ने कार्यमा हामी यहाँहरूलाई सम्झनेछौँ र सहकार्य गरिदिन अनुरोध गर्नुभयो । केहि सहयोग चाहिएको खण्डमा वडाबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उप मेयर कन्द कला कुमारी रानाले रगतको अभाव भइरहने रेडक्रस सोसाइटीलाई आपसमा सहकार्य गर्दै रगत जुटाइदिनुभएको कार्य धेरै राम्रो भएको र आफू खुशी पनि भएको कुरा बताउनुभयो । जुनसुकै धर्मको सार सुसाशन र अनुशासन सिकाउने भएको र यहाँहरूले पाएको शिक्षा अनुसार गर्दै गर्नुभएको यो कार्य प्रशम्सनिय भएको बताउनुभयो । विश्वव्यापी रूपमा यस्तो असल कार्य गर्दै रक्तदान १२८९ पटक पुगिसकेकोले आगामी दिनहरूमा गर्दै जानुहोला उप महानगरपालीकाको यहाँहरूलाइ साथ र सहयोग रहने जानकारी गराउनुभयो । धनगढी वडा नं ४ अन्तर्गत रहेको न्यूरोड टोल विकासका अध्यक्ष, कैलाली मोर्डन स्कूलका प्रधानाध्यापकले कार्यक्रममा परमेश्वरको मण्डलीका विश्वासीहरूले गर्दै आएको स्वयंसेवाको कार्य हामिले पनि सिक्नु पर्ने भन्दै हौसला प्रदान गर्नुभएको थियो ।
प्रत्येक वर्ष बृहत् रक्तदान कार्यक्रम गर्दैआएको परमेश्वरको मण्डलीले यस वर्ष पनि जनवरीमा रुपन्देही जिल्लाको तिलोत्तमा, फेब्रुअरीमा बाँके जिल्लाको नेपालगञ्ज र पर्सा जिल्लाको वीरगन्ज र मार्चमा भक्तपुरस्थित मध्यपुर ठिमीमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कुल ७०० जना सहभागीहरूले रक्तदान गरेका थिए । आफ्नो समर्पित सेवाका लागि यस मण्डलीले नेपाल रेडक्रसका अध्यक्ष, सुनसरी तथा भक्तपुर शाखा प्रमुख, श्री सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक, श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा-पत्र, कदर-पत्र जस्ता थुप्रै पुरस्कारहरू प्राप्त गरेको छ ।
रक्तदान मात्र होइन गत महिना ११ तारिख नुवाकोटको तुप्चेश्वरस्थित श्री कौकेश्वरी माध्यमिक विद्यालयमा १० थान कम्प्युटर सहयोग गरेर मण्डलीले युवाहरूलाई पनि समर्थन जनाएको थियो । त्यसै गरी काठमाडौं, पोखरा, टीकापुर, ललितपुर, भरतपुर र हेटौंडामा स्थानीय वातावरणीय सरसफाई जारी छ ।
२०७२ सालको भूकम्पको समयमा, मण्डलीले ७१० भन्दा बढी क्षेत्रहरूमा पुनर्स्थापना कार्य, घाइतेहरूको उद्धार गर्ने कार्यको नेतृत्व लिनुको साथै यातायात अवरुद्ध हुन पुगेको हिमालयका दुर्गम गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई १४ पटक हेलिकप्टरबाट खाद्यान्न आपूर्ति गऱ्यो । भूकम्पले भत्केको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालयको पुनर्निर्माण गरी मण्डलीले भावी पुस्ताका लागि आशा जगाइदिएको छ ।
१७५ राष्ट्रहरूमा ७,५०० भन्दा बढी क्षेत्रमा स्थापित यस विश्वव्यापी मण्डलीले छिमेकीहरूलाई मद्दत गर्ने, विपद् राहत कार्य, वातावरण सरसफाइ, रक्तदान र शैक्षिक सहयोग लगायत धेरै क्षेत्रमा सेवा गर्दैआएको छ । मण्डलीका ३७ लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । २७,००० पटकभन्दा बढी गरिएको स्वयंसेवाका गतिविधिहरूका लागि मण्डलीले अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदक सहित ४,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351309










