भक्तपुरमा पहिलो अन्तर नगर कबड्डी प्रतियोगिता हुने | Jana Aawaj News

भक्तपुरमा पहिलो अन्तर नगर कबड्डी प्रतियोगिता हुने

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरमा पहिलो अन्तर नगर कबड्डी प्रतियोगिता हुने : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरमा पहिलो अन्तर नगर कबड्डी प्रतियोगिता हुने भएको छ ।

भक्तपुर नगरपालिकाले पत्रकार सम्मेलन गरि यही फागुन २९ गतेदेखि गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे जानकारी गराएको छ ।

भक्तपुर नगरपालिका वडा नं.१ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डि प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा  जानकारी गराउनुभयो ।

उक्त प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु.५०/५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था सहित गर्न लागेको सो प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाहरूका टिमको सहभागिता हुने आयोजक समितिका सदस्य एवम् वडा सदस्य रामसुन्दर बासीले जानकारी दिनुभयो । उहाँले खेलका क्रममा घाइते भएका खेलाडीको उपचारका लागि १ लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा समेत गरिएको बताउनुभयो ।

उक्त सम्मेलनमा नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ्य र तन्दुरुस्त बनाउन कुनै न कुनै खेलमा सहभागी बनाइरहेको उल्लेख गर्दै नगरपालिकाले भलिबल, फुटबल, कराँते, बक्सिङ्ग, टेबुलटेनिस, जिम्नाष्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आइरहेको समेत जानकारी गराउनुभयो ।

यस्तै शहिद दिवसको अवसरमा हुने अन्तर नगर महिला कब्बडी प्रतियोगिताका लागि नगर प्रमुख प्रजापतिको संयोजकत्वमा १५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिएको नगरपालिकाले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न