भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन जारी | Jana Aawaj News

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन जारी

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन जारी : Jana Aawaj News

भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यस्तै मेलौली नपा र पोखरा महानगरपालिकाविच भएको खेलमा मेलौली नपाले पोखरा महानगरपालिकालाई ४३–२२ पराजित गरेको छ । सो खेलमा पोखरा महानगरपालिका होममाया खप्तड मगर म्यान अफ द म्याच घोषित भएका छन् ।

भिमदत्त नपा र बनेपाबिचको खेलमा भिमदत्तले बनेपालाई ६९–१६ अंकले हराएको छ । उक्त खेलमा मानमति विष्ट म्यान अफ द म्याच घोषित भएका छन् ।
काठमाडौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाविच भएको प्रतिस्पर्धामा काठमाडौ महानगरपालिकाले जित हासिल गरेको छ । प्रतिद्वन्द्वी मध्यपुर थिमिलाई ६५–२५ ले हराएको हुन् । काठमाडौ महानगरपालिकाका पुनम कार्की म्यान अफ द म्याच घोषित भएका छन् ।
विराटनगर महानगर नपा र गोदावरीबिचको खेलमा विराटनगरले गोदावरीलाई ३९–२३ अन्कले पराजित गरेको छ । उक्त खेलमा विराटनगर महानगर नपाका रोजिना खवास म्यान अफ द म्याच घोषित भएका छन् ।
बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।

बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।
सिद्धिचरन नपा र पोखरा महानगरपालिकाविचको खेलमा पोखराले सिद्धिचरलाई ७९–१७ अंकले पराजित गरेको छ भने पोखरा नपाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् ।
किर्तिपुर नपा र बनेपा नपाविचको खेलमा किर्तिपुरले बनेपालाई ३५–३२ अंकले पराजित गरेको छ भने उक्त खेलमा किर्तिपुरका नितु सुनार म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यस्तै मेलौली नपा र कलैया नपाविचको खेलमा मेलौली नपाले जित हासिल गरेको छ । मेलौलीले कलैयालाई ६१–१३ ले पराजित गरेको हो । खेलमा मेलौली नपाका रविना चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।
सोहि दिन काठमाडौ महानगरपालिका र भक्तपुर नगरपालिकाविच भएको खेलमा भक्तपुरले काठमाडौलाई ४३–२९ अन्कले हराएको छ । सो खेलमा भक्तपुरका इशा सैजु म्यान अफ द म्याच घोषित भएका छन् ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न