विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२४ मनाइदैं | Jana Aawaj News

विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२४ मनाइदैं

पढ्न लाग्ने समयः 2 मिनेट
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२४ मनाइदैं : Jana Aawaj News

भक्तपुर । विश्व मृगौला दिवस प्रत्येक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको विश्व मृगौला दिवस यहि मिति २०८० चैत्र १ गते विहिबार (14th March 2024) को दिन मनाइने भएको छ ।

यस बर्षको मुल नारा “मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने रहेको छ । यस बर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मृगौला दिवश मनाइदंै छ । प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवशको आयोजना गर्ने गरिएको छ ।

विभिन्न संस्थाबाट विभिन्न कार्यक्रम सहित हुँदै आएको कार्यक्रम यस पटक भने अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रुपमा आयोजना हुन लागेको हो । यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS),  नेपाल सोसाइटी अफ नेफ्रोलोजी (NSN)०, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स (NAUS)०, अंग प्रत्यारोपण समाज नेपाल (NESOT), नेपाल ट्रान्सप्लान्ट सोसाइटी (NTS), स्वास्थ्य अभियान नेपाल (SAN), नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरुको संयुक्त आयोजनामा यो कार्यक्रम हुन गइरहेको छ ।

विश्व मृर्गौला दिवस तथा १४ औं नेपाल प्रत्यारोपण खेलकुद अयोजक समितिका अनुसार चैत्र १ गते विहिवार बिहान ७ः४५ वजे देखि रत्नपार्क, शान्ति बाटिका बाट मृर्गौला पदयात्राको शुरुवात तथा दशरथ रंगशालामा ८ः१५ बजे देखि ९ बजे सम्म प्रत्यारोपित÷अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरु बीच मैत्रीपूर्ण फूटबल खेल आयोजना हुने भएको छ । ततपश्चात विहान ९ बजे देखि ९ः३० सम्म विश्व मृर्गौला दिवस सम्बन्धि औपचारिक कार्यक्रमको आयोजना हुने कुरा आयोजक कमिटिले बताएको छ ।

कार्यक्रमको संरक्षक डा.पुकार चन्द्र श्रेष्ठ, डा दिव्या सिंह र डा. ऋषि काफ्ले रहनु भएको छ ।
अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरु पनि हरेक क्षेत्रमा सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने तथा अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो कार्यक्रमको आयोजना गरिदै आएको कुरा आयोजक समितिका संयोजक डा. कल्पना कुमारी श्रेष्ठले बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न