
भक्तपुर । क्वालिटी ईंग्लिश सेकेण्डरी स्कूलले रजत जयन्ती-२०८० भव्यताका साथ सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा रहेको सो विद्यालयको रजत जयन्ती सोमबार भक्तपुरमा सम्पन्न गरेको छ ।
वि.सं. २०५५ सालमा स्थापना भएको सो स्कूलको रजत जयन्तीको अवसरमा शिक्षक, विद्यार्थीहरुलाई सम्मान, पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले बालबालिकाकोे सर्वाङ्गीण विकासका लागि क्वालिटी स्कुल उत्कृष्ट शैक्षिक केन्द्र बनेको बताउनुभयो । क्वालिटी स्कूलको मिहिनेत र लगन नै स्कूलको सफलताको रहस्य भएको बताउदैं पाठ्यपुस्तक र पाठ्यक्रमले विद्यार्थीलाई सर्टिफिकेट मात्र प्रदान गर्ने जीवन नदिने भएकाले अतिरिक्त क्रियाकलापले मात्र बालबालिकाकोे सर्वाङ्गीण विकास हुने बताउनुभयो ।
सो कार्यक्रममा गीतकार तथा लेखक हरिहर तिमिल्सिनाले विद्यार्थीहरुलाई पाठ्यपुस्तक मात्र नभएर अन्य थप र अतिरिक्त पुस्तकहरू समेत अध्ययन गराउनका लागि अनुरोध गर्दै अहिलेका पुस्ता व्यक्तिवादी बन्दै गएको अहिलेको शिक्षालाई सीप र संस्कारसँग जोड्नुपर्ने कुरामा जोड दिनुभयो ।
यसैगरी नेशनल प्याब्सन भक्तपुर अध्यक्ष संजय खड्काले बालबालिकालाई सहि तरिकाले हुर्काउने विषयमा अभिभावक सचेत हुनुपर्ने उल्लेख गर्दै विद्यालय छनोटमा हुने अभिभावकीय कमजोरीले विद्यार्थीको भविष्यमा असर पर्ने बताउनुभयो । त्यसैले संस्कार र असल व्यवहारका लागि अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले क्वालिटी स्कुलजस्तै संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अधिकृत दिनेश अर्यालले बालबालिकालाई पढाइमा मात्र जोड नदिई विद्यार्थीहरुलाई तनाव रहित माहोलको सिर्जना गराउन अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल जीबी खड्काले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रत्येक अभिभावकहरुलाई शिक्षा उद्दमशिलताका लागि हो त्यसैले आ–आफ्ना बालबालिकाहरुलाई सहि तरिकाले सिकाउन अनुरोध गर्नुभयो । विद्यार्थीलाई आत्मनिर्भर र अनुशासित बनाउन विद्यालय कटिबद्ध रहेको उल्लेख गर्दै पठन संस्कृतिको विकास सबैले गर्नुपर्नेमा जोड दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news