प्रधानमन्त्री दाहालद्वारा आगलागीबाट पूर्वसचेतता अपनाउन अपिल | Jana Aawaj News

प्रधानमन्त्री दाहालद्वारा आगलागीबाट पूर्वसचेतता अपनाउन अपिल

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री दाहालद्वारा आगलागीबाट पूर्वसचेतता अपनाउन अपिल : Jana Aawaj News

प्रधानमन्त्री दाहालद्वारा आगलागीबाट पूर्वसचेतता अपनाउन अपिल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन अपिल गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश प्रवाह गर्दै आगलागीबाट धनजनको क्षति भएको घटनाले आफूलाई मर्माहत तुल्याएको बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभएको छ, ‘भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ। घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु ।

भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगलागीको घटनामा तीन जना बालबालिकाको मृत्यु भएको थियो । त्यस्तै तेह्रथुम मोरङ, पोखरा  लगायतका जिल्लामा पनि आगलागीको घटना भएका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न