प्रहरी कार्यालय चितवनद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न | Jana Aawaj News

प्रहरी कार्यालय चितवनद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रहरी कार्यालय चितवनद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न : Jana Aawaj News

चितवन । भरतपुर महानगरपालिका वडा नं. ८ धारेचोक स्थित एस.ओ.एस. बालग्रामको सभाहलमा सोही बालग्राम र एस.ओ.एस. यूथ केयरको प्रमुख आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवनसंगको सहकार्यमा, “Truly Bonding with a child has the power to change the world”भन्ने मुल नाराका साथ “ Orientation on Cyber Safety कार्यक्रम” सम्पन्न भएको छ ।

बालग्रामका कक्षा १० देखी स्नातक तहमा अध्ययनरत ४२ जना छात्रछात्राहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक रिमा कोईरालाबाट “विद्युतिय अपराध कार्यविधि, कानुनी व्यवस्था र रोकथाममा नागरीक प्रहरीको भुमिका” को विषयमा अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एस. ओ.एस. बालग्रामका निर्देशक राजेन्द्र लम्साल, एस.ओ.एस. यूवालयका निर्देशक कुशुम गिरी, सोही बालग्रामका सिनियर परामर्शकर्ता सृजना ज्ञवाली र यूथ एडुकेटर मिन बहादुर गुरुङ सहितको उपस्थिती रहेको थियो ।

+ posts