कोन्ज्योसोम गाउँपालिकाको आफ्नै पाठ्यक्रम निर्माणको गृहकार्य | Jana Aawaj News

कोन्ज्योसोम गाउँपालिकाको आफ्नै पाठ्यक्रम निर्माणको गृहकार्य

पढ्न लाग्ने समयः < 1 मिनेट
कोन्ज्योसोम गाउँपालिकाको आफ्नै पाठ्यक्रम निर्माणको गृहकार्य : Jana Aawaj News

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गर्ने भएको छ । गाउँपालिका भित्रका स्थानीय विषयलाई समेटिएर गाउँपालिकाले विद्यालयस्तरमा पठनपाठन गर्नका लागि आफ्नै पाठ्यक्रम निर्माणको गृहकार्य थालेको हो ।

कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा चैत्र १० गते स्थानीय बिषयको पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे, वडा अध्यक्ष लगायत विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरुको सहभागितामा स्थानीय पाठ्यक्रम निर्माणका सम्बन्धमा छलफल भएको गाउँपालिका उपाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय पाठ्यक्रममा गाउँपालिका भित्रका धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल, चाडपर्व ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा लगायतका विषय समेटिनेछन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न