आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम | Jana Aawaj News

आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम

पढ्न लाग्ने समयः < 1 मिनेट
आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम : Jana Aawaj News

भक्तपुर । भक्तपुरमा यहिँ चैत २२ गतेदेखि बैशाख २ गतेसम्म संचालन हुने आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सबको स्ट्ल बुकिङ्ग धमाधम भइरहेको छ ।

औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुने जानकारी दिनुभयो ।

उक्त महोत्सवमा २०० भन्दा बढी स्टल रहने बताईएको छ । मेलामा दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको स्टल रहने मेला आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिनुभएको छ ।

यस्तै भक्तपुरका चार नगरपालिकामा उत्पादित कृषि, पशुजन्य उत्पादन, हस्तकला, मुर्तीकलालगायत लघू र घरेलु महिलाहरुले संचालन गरेका उद्योगले उत्पादन गरेका सामाग्री भने निःशुल्क रुपमा स्टल राख्न पाउने बताईएको छ । त्यसको लागि नगरपालिकाको कार्यालयबाट एउटा सिफारि अनिवार्य ल्याउनु पर्ने  संयोजक दिपक थापाले बताउनुभयो । स्टल निशुल्क एउटा व्यक्ति वा फर्मले एउटा मात्र पाउने सस्थाले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न