मध्यपुर थिमिको आयोजनामा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता हुने | Jana Aawaj News

मध्यपुर थिमिको आयोजनामा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
मध्यपुर थिमिको आयोजनामा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता हुने : Jana Aawaj News

भक्तपुर  । भक्तपुरको मध्यपुर थिमिको आयोजनामा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको छ ।

मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा चैत्र २६ गते बोडे लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना बताईएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो । उक्त मेलाका संयोजक दिल कृष्ण प्रजापतिका अनुसार, कार्यक्रममा ४० टोलीले प्रतिस्पर्धा गर्ने बताउदै प्रतियोगितामा भाग लिनेले चैत्र २४ गतेसम्म आवेदन दिनु पर्ने व्यवस्था गरिएको जानकारी दिनुभयोछ । आवेदन फाराम आयोजक समितिको सचिवालय वा मध्यपुर थिमि नगरपालिकाको कार्यालय तथा वडा कार्यालयमा उपलव्ध गराइने प्रजापतिले जानकारी दिनुभएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन्  भने, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ साथै शिल्ड तथा प्रमाणपत्र तथा सान्त्वना पुरस्कार स्वरुप नगद १० हजार रुपैयाँ दिइने प्रजापतिले बताउनुभयो । प्रतियोगिताको निर्णायक भने संगीतको सिद्धान्तबारे अध्ययन गरेकालाई राखिने आयोजकले जानकारी गराएको छ ।

विभिन्न स्थानमा नेवारी धुनका शैली फरक हुने भएकोले स्थानीय निर्णायक राख्दा आफ्नो क्षेत्रकालाई प्राथमिकता दिन सक्ने सम्भावना हुने कारण स्थानीय निर्णायक नराखिने आयोजकले जानकारी गराउदै संस्कृति मेलामा धिमे बाजा प्रतियोगिता मात्र नभइ विभिन्न प्रदर्शनीहरु समेत गरिने बताईएको छ ।

उक्त मेलामा मध्यपुरको परम्परागत र रैथाने उत्पादनहरु तथा मौलिक नेवारी खानेकुराको २५ वटा स्टल रहने आयोजकले जानकारी गराएको छ । मेलामा स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिनि फूड फेस्टिबल’ समेत रहने आयोजकको भनाई छ । मेलामा स्थानीय धिमे गुठीका थकाली, जिब्रो छेड्ने व्यक्ति लगायतलाई सम्मान समेत गरिने आयोजकले बताएको छ ।

सो प्रतियोगिता संचालनका लागि १० लाख रुपैया आवश्यक पर्नेमा छ लाख रुपैया नगरपालिकाले प्रदान गर्ने निर्णय भएको र बााकी रकम समेत नगरपालिकालाई सहयोग गर्न आग्रह गरिएको मेला संयोजक प्रजापतिले जानकारी दिनुभएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न