मिशन २०८४ सफल पार्न अन्य शक्तिहरुसंग लड्न सक्ने तागत हुनुपर्छ :श्रेष्ठ | Jana Aawaj News

मिशन २०८४ सफल पार्न अन्य शक्तिहरुसंग लड्न सक्ने तागत हुनुपर्छ :श्रेष्ठ

पढ्न लाग्ने समयः 2 मिनेट
मिशन २०८४ सफल पार्न अन्य शक्तिहरुसंग लड्न सक्ने तागत हुनुपर्छ :श्रेष्ठ : Jana Aawaj News

भक्तपुर । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले मिशन २०८४ सफल पार्न अन्य शक्तिहरुसंग लड्न सक्ने तागत हुनुपर्ने बताउनुभयो । सिङ्गो पार्टी जनतासँग जोडिएर लाग्नुपर्ने र नेपाली जनताले २०७९ को निर्वाचनमा गल्ती गरेकोले अब गल्ती गर्न नहुने बताउनुभयो । त्यसैगरी महासंघका बाग्माती प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिब हर्कमान तामाङले उत्पादनसँग जोडिन सकियो भने, समृद्ध नेपाल बनाउन सकिने र नेपाललाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले पार्टीलाई स्थापित गराउन महासंघको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
यसैगरी उक्त बैठकमा निर्णय पारित गर्दै भक्तपुर इन्चार्जमा रोशन श्रेष्ठ काभ्रे संगम लामा, काठमाडौं बिक्रम श्रेष्ठ, सतिस श्रेष्ठ, मकवानपुर रत्न बहादुर ब्लोन, चितवन मोहन लामा, सिन्धुलि हरिकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक वीर बहादुर तामाङ र रामेछाप जिल्लाको इन्चार्जको जिम्मेवारी बलराम श्रेष्ठलाई तोकिएको थियो ।


१३ जिल्लाको प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त बैठकमा बाग्मती प्रदेशका अध्यक्ष बासु श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्यालेण्डर ससमेत विमोचन गरिएको थियो ।

बैठकमा बाग्मती प्रदेश कमिटीका सदस्य राम बहादुर श्रेष्ठ, महासंघका उपाध्यक्ष बिजय सिंह लोप्चन, सुर्यविनायक नगर कमिटीका अध्यक्ष तथा नगरपालिका प्रबक्ता रबिन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न