भक्तपुर । भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मृर्गौला दान भएको छ । पारिवारिक माया र निस्वार्थताको हृदयस्पर्शी भावना देखाउँदै ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय नातिनीलाई मृगौला दान गरेका छन् ।

यस कार्यले उनीहरूबीचको अथाहा प्रेमलाई उजागर गर्दै देशलाई मात्र नभई सारा विश्वलाई राम्रो सन्देश दिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मृर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत सोमबार उक्त मृर्गौला प्रत्यारोपण भएको हो ।

यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बीचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । साथै प्रत्यारोपण पश्चात् अंगदाता ८१ बर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातीनि छैठौं दिनमा सकुशल डिस्चार्ज भएको अस्पतालले जानकारी गराएको छ ।
१२ वर्षको अवधिमा केन्द्रले १२२७ जनाको सफल मृगौला प्रत्यारोपण गरेको छ भने, २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 344506