परमेश्वरको मण्डलीद्वारा १३२९ औं रक्तदान अभियान सप्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा १३२९ औं रक्तदान अभियान सप्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीद्वारा १३२९ औं रक्तदान अभियान सप्पन्न : Jana Aawaj News

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले रक्तदान कार्यक्रम सप्पन्न गरेको छ ।

विहिबार ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम, १३२९ औं विश्वब्यापी रक्तदान अभियानमा मण्ड्लिका १२० जना सदस्यहरुले रक्तदान गरेका छन् ।

गत सोमबार ललितपुरमा, बुधबार काठमाडौंको टोखामा अमुल्य जीवन बाड्ने रक्तदान कार्यक्रम आज बुढानिलकण्ठ बालुवाखानी काठमाडौंमा सप्पन्न गरेको छ । कार्यक्रममा मण्डलीका सदस्यहरू छिमेकीहरू गरी करीब २०० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा मण्ड्लिका अध्यक्ष तेजेन्द्र गौतमले मण्डलीले ‘विपत्ति पार भएर जान्छ’ भन्ने अर्थ बोकेको परमेश्वरको चाड ‘निस्तार-चाड’को सम्झनामा विश्वव्यापी रूपमा रक्तदान अभियान गरिरहेको छ भन्ने सार ब्यक्त गर्नुहुँदै मण्डलीको परिचय दिनुभएको थियो ।

अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष सुरु भएसँगै लुम्बिनी प्रदेशको रुपन्देही र बाँके, मधेस प्रदेशको पर्सा, बागमती प्रदेशको भक्तपुर र सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । हरेक वर्ष बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दैआएको परमेश्वरको मण्डलीले गत वर्ष ‘नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवस’का अवसरमा नेपाल रेडक्रसका अध्यक्षबाट कदर-पत्र प्राप्त गरेको थियो ।

परमेश्वरको मण्डलीका एक अधिकारीले “निस्तार-चाडमा समाविष्ट ख्रीष्टको प्रेम र बलिदानको अनुकरण गर्दै हामीहरू, रगत अभावका कारण ज्यान जोखिममा परेकाहरूमाझ त्यो प्रेम बाँड्न एकजुट भएका हौं । हाम्रा छिमेकीहरू सबैको जीवन र स्वास्थ्य पुनर्स्थापना भएर हर्षपूर्ण जीवन जिउन सकून् भन्ने चाहन्छौं” भन्दै शुभकामना व्यक्त गर्नुभयो । बाइबल अनुसार येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो दिन आफ्नो देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभयो र मानव-जातिलाई पाप क्षमा र अनन्त जीवन प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेशका प्रदेश सभा सदस्य माननीय श्री जयराम थापाले स्थान, देश र समाज बनाउन अब युवाहरूको आवश्यक भएकोले युवाहरू अघि बढ्नुपर्छ भन्नुहुँदै यस संस्थाका युवाहरूले लिएको सद्भावले समाज परिवर्तन गर्न सक्छ भन्नुहुदै रक्तदाताहरूलाई हौसला प्रदान गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सप्पन्न  रक्तदान कार्यक्रममा सहभागी भएका बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले “यो मण्डलीले गरेको कार्य साँच्चै सारहनिय छ” भन्दै मण्डलीप्रति आभार व्यक्त गर्नुभयो । यसैगरि  अधिकारीले यस मण्डलीले धोवीखोला, गोकर्णमा सरसफाइ गर्दै आएको र टोल, समाज र देशलाई सेवा पुर्याउने काम मण्डलीले गरेकोमा आफू मण्डली प्रति आभारी भएको बताउनुभयो। एक मानवले अर्को मानवलाई सहयोग र सेवा गर्ने काम भएकोले रक्तदान जस्तो अभियान गरी सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रमका सहभागी रघु थापाले खुशी हुँदै “जिवन वचाउने कार्यमा सहभागी हुनपाएकोमा एकदमै खुशी छु ” भन्नुभयो । त्यसै गरी सहभागी सिर्जना मुखियाले “आगमी दिनमा पनि यस्तो कार्य गरिरहने वाचा गर्दछु” भन्दै छिमेकीहरूलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।

सन् १९६४ मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डलीले हालसम्म गर्दैआएको स्वयंसेवाको संख्या २७,००० पटकभन्दा बढी छ । १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा रहेका ३७ लाख सदस्यहरूले बाइबलअनुसार ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’लाई विश्वास गर्छन् र उहाँहरूको शिक्षाअनुसार छिमेक तथा समाजमा प्रेम र आशा बाँडिरहेका छन् ।

नेपालमा पनि मण्डलीका सदस्यहरूले छिमेकीलाई सहयोग गर्ने कार्य, विपत राहत कार्य, वातावरण सरसफाइ, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग जस्ता विभिन्न कार्यहरू सक्रियतापूर्वक गर्दैआएका छन् । विशेष गरी २०७२ सालमा महाभूकम्प जाँदा ७१० वटा क्षेत्रहरूमा मर्मत-सम्भार कार्य तथा घाइतेहरूको उद्धार गर्ने कार्यमा पनि मण्डली अग्रसर बनेको थियो ।

यातायातको सुविधा अवरुद्ध हुन पुगेका सेर्तुङ, तिप्लिङ जस्ता हिमाली भेगको विकट गाउँका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोर-दोहोर गर्दै खाद्यान्न पुऱ्याउने कार्य साथै भग्नावशेष भएको सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण गरी कलिला मुनाहरूको भविष्य उज्ज्वल बनाउने कार्यमा पनि मण्डलीले सहयोग पुऱ्याएको थियो ।

यसको अतिरिक्त मण्डलीले नुवाकोटको श्री कौकेश्वरी माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर अनुदान गरेको थियो । मण्डलीले काठमाडौं, गण्डकी प्रदेशको कास्की, सुदूरपश्चिम प्रदेशको कैलाली र बाग्मती प्रदेशको चितवन र मकवानपुर जस्ता ठाउँमा स्वच्छ र सफा वातावरण सृजना गरी दिगो जीवनको लागि आधार तयार पारेको छ ।

आफ्नो समर्पित सेवाका लागि यस मण्डलीले नेपाल रेडक्रसका अध्यक्ष, सुनसरी तथा भक्तपुर शाखा प्रमुख, श्रीसरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक, श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा-पत्र, कदर-पत्र जस्ता थुप्रै पुरस्कारहरू प्राप्त गरेको छ । मण्डलीले विश्वव्यापी रूपमा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदकसहित ४,२०० भन्दा बढी पुरस्कारहरू प्राप्त गरिसकेको छ ।

+ posts