
भक्तपुर । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।
औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसर ढकाललाई सम्मान गरिएको हो ।

काभ्रेमा जन्मिएर कर्मथलो भक्तपुर बनाएका पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहदै आएका छन् ।
विगतका समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकम हुदैं हाल नयाँ नेपाल न्युजको कार्यकारी सम्पादक रहेका ढकाललाई नगद रु. ५ हजारसहित सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गर्नुभएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय संचार केन्द्रका सचिव समेत हुन् ।
उक्त अवसरमा राष्ट्रिय तथा अन्राष्ट्रिय रुपमा उत्कृठ रहेका खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । नगरप्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गरिएको छ । खेलाडीहरुलाई जनही नगद रु.५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

तस्बिर : किरण बुढाथोकि ।

चैत २२ गतेदेखि जारी महोत्सव समापन भएको छ । महोत्सवमा करिब ८ करोड बराबरको कारोबार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344336












