बैशाख ३ गते भक्तपुरको सल्लाघारीमा बिपुल क्षेत्रीको जोड्दार प्रस्तुती हुने | Jana Aawaj News

बैशाख ३ गते भक्तपुरको सल्लाघारीमा बिपुल क्षेत्रीको जोड्दार प्रस्तुती हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
बैशाख ३ गते भक्तपुरको सल्लाघारीमा बिपुल क्षेत्रीको जोड्दार प्रस्तुती हुने : Jana Aawaj News

भक्तपुर । विपुल क्षेत्री भन्ने बित्तिकै नेपाली संगीतका समसामयिक पप तथा लोक-पप गायक, रचनाकार एवम् सङ्गगीतकार भनेर नचिन्ने कमै होलान। उनको पहिलो एल्वम सन् २०१४ को स्केचेस अफ दार्जीलिङ रहेको थियो । यस्तै दोस्रो एल्वम माया सन् २०१६ मा वितरण भएको थियो।

प्राय ठुला- ठुला क्लबहरु र विदेशमा मात्रै आफ्नो सांगीतिक प्रस्तुती दिने क्षेत्री लामो समय पश्चात् यसरी खुल्ला ठाउँ भक्तपुरको सल्लाघारीमा आफ्नो प्रस्तुति दिन आउन लागेका हुन ।

पछिल्लो समयमा तिमि जाने सिलगुडी म चाहीँ सिक्किम तिर‘।, डडेलो लाग्यो‘। जस्ता चर्चित गीतद्वारा चिरपतिचित नाम हो, विपुल क्षेत्री । चर्चित गायक क्षेत्री बैशाख ३ गते भोली सल्लाघारीस्थित तीन कुनेको चौरमा कालिंगपुंग सिक्किमका नेपाली भाषी उनै गायक क्षेत्रीको विशेष प्रस्तुति रहने भएको छ । (भिडियो हेर्न तल क्लिक गर्नुहोला)

उक्त सांगीतिक कार्यक्रमको प्रवेश शुल्क ५ सय र १ हजार तोकिएको आयोजकले जानकारी दिएको छ । उनी लगायत अन्य नेपाली कलाकारहरुको समेत सांगीतिक कार्यक्रम हुने आयोजक सन्दिप महतले जानकारी दिनुभयो ।

विपुलको कार्यक्रम हेर्न चाहने र उनलाई माया गर्ने फ्यान्स र दर्शकले www.ticketsanjal.com मार्फत टिकट काट्न सक्ने छन् । विपुलका सिन्डिकेट , सरर लगायत गीतहरू धेरै नै लोकप्रिय बनेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न