नागढुङगा । सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नु भएको छ । नेपालमा सार्वजनिक यातायात संचालन हुने यो नै पहिलो सुरुङमार्ग बन्ने भएको छ ।
नेपालजस्तो हिमाली र पहाडी भुभाग भएको देशमा सुरुङमार्ग धेरै उपयुक्त साबित भएको छ । निर्माणमा बढी लागत लाग्ने भएता पनि ईन्धनको बचत, समयको बचत, सवारी दुर्घटनामा कमी, भुक्षय र वातावरणीय दृष्टिले अत्यन्तै उपायोगीसिद्ध हुने अध्ययनले निश्कर्श समेत निकालेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण शुरु गरेको यो सुरुङमार्ग आज नेकपा एमाले समेतका दलको समर्थनमा प्रधानमन्त्री रहनुभएका पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नुभएको हो ।
सिद्धबाबा, टोखा- छहरे सुरुङमार्ग पनि छिट्टै निर्माण सम्पन्न हुने र अन्य स्थानमा समेत सुरुङमार्ग बन्दै जाने देखिएको छ ।

नेपालमा अहिलेसम्म जलबिद्युत आयोजनामा ३०० किमि सहित करिव ४१५ किमि सुरुङ निर्माण भैसकेको बिद्युत प्राधिकरण स्रोतले बताएको छ ।
Related