सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घट्यो, चाँदीको मूल्य स्थिर | Jana Aawaj News

सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घट्यो, चाँदीको मूल्य स्थिर

पढ्न लाग्ने समयः < 1 मिनेट
सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घट्यो, चाँदीको मूल्य स्थिर : Jana Aawaj News

काठमाडौं । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात बुधवार रू. ६०० ले बढेको सुनको भाउ बिहीवार रू. ७०० ले घटेको हो ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ ।

बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९१ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको महासंघले बताएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार पनि चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दुई कारोबार दिनदेखि स्थिर रहदै आएको चाँदीको मूल्यले बिहीवार पनि निरन्तरता पाएको छ । मंगलवार र बुधवार प्रतितोला रू.१ हजार २०० मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न