
काठमाडौं । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात बुधवार रू. ६०० ले बढेको सुनको भाउ बिहीवार रू. ७०० ले घटेको हो ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ ।
बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९१ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको महासंघले बताएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार पनि चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दुई कारोबार दिनदेखि स्थिर रहदै आएको चाँदीको मूल्यले बिहीवार पनि निरन्तरता पाएको छ । मंगलवार र बुधवार प्रतितोला रू.१ हजार २०० मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj