भक्तपुर अस्पतालमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया सम्पन्न | Jana Aawaj News

भक्तपुर अस्पतालमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया सम्पन्न

हिजो ९ जना आज ९ जनाको शल्यक्रिया

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुर अस्पतालमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया सम्पन्न : Jana Aawaj News
तस्बिर : नारायण थापा ।

नारायण थापा
भक्तपुर । भक्तपुर अस्पताल सेवा प्रवाहमा यो वर्ष देशभरमा नै ९८ अंक ल्याएर उत्कृष्ट हुन सफल भएको यो अस्पतालले बिहीवार र आज गरेर १९ जना मध्य १ जना बिरामी क्यान्सरको बिरामी भएको आसन्काले अप्रेसन नगरेको बाकी १८ जनाकोे निःशुल्क उपचार एवं शल्यक्रिया सम्पन्न गरेको छ ।


भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बिहिवारदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको जानकारी दिनुभयो ।


उहाले भन्नुभयो, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन भने, कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेकाका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।” आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो ।


आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया शुरु गरेको जानकारी दिदै उहाँले अस्पतालले विहिवारदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताउनुभयो । भक्तपुर अस्पतालको नयाँ भवन बिस्तार भएसंगै बिरामीलाई थप सेवा र सुविधाको राहत भएको छ ।


उहाँका अनुसार निःशुल्क नहुने हो भने, पाठेघरको अप्रेसन खर्च १५ देखि २० हजार लाग्छ । जटिल खालको अप्रेसन हो भने, प्राइभेट अस्पतालमा २ देखि ३ लाखसम्म पनि लाग्ने रोगको उपचार हामीले निःशुल्क गरेको बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न