टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै | Jana Aawaj News

टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै : Jana Aawaj News

जन आवाज संवाददाता

काठमाडौँ, जेठ ८ गते । टोखा नगरपालिकाले फोहोरबाट मोहोरब बनाउने योजनालाई कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापन, दिगो विकास, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको र उक्त कार्यबाट फोहोरबाट मोहोर बन्ने लक्ष्यमा पुगिने टोखा नगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि आवश्यक कानुन निर्माण भएका छन् । नगरपालिकामा कति फोहोर उत्पादन हुन्छ ? र त्यसको प्रवृत्तिगत विश्लेषणका लागि अध्ययन भइरहेको छ । समग्र नगरपालिकामा कुन कुन प्रकारको फोहोर उत्सर्जन हुन्छ ? सड्ने खालको र नसड्ने खालको फोहोर कति उत्सर्जन हुन्छ ? लगायत सबै प्रकारका फोहोरबारे तथ्याङ्कगत अध्ययन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अध्ययनपछि फोहोर व्यवस्थापनका लागि आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्न सहज हुनेछ । नगरपालिकामै प्लान्ट जडान गर्ने योजना छ । वातावरण संरक्षणका लागि विभिन्न मापदण्डहरूसँगै रणनीतिक कार्य योजना बन्दै छ । नगरपालिकाकै वातावरण संरक्षण ऐन, वातावरण संरक्षणको प्रारूप लगायतका विभिन्न कानुनहरू निर्माणको क्रममा छन् । वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । सडकको दुवैतर्फ बिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्ने काम गरेको उहाँले स्पष्ट पार्नुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न