टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै | Jana Aawaj News

Bhaktapur Hospital

टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै : Jana Aawaj News

जन आवाज संवाददाता

काठमाडौँ, जेठ ८ गते । टोखा नगरपालिकाले फोहोरबाट मोहोरब बनाउने योजनालाई कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापन, दिगो विकास, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको र उक्त कार्यबाट फोहोरबाट मोहोर बन्ने लक्ष्यमा पुगिने टोखा नगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि आवश्यक कानुन निर्माण भएका छन् । नगरपालिकामा कति फोहोर उत्पादन हुन्छ ? र त्यसको प्रवृत्तिगत विश्लेषणका लागि अध्ययन भइरहेको छ । समग्र नगरपालिकामा कुन कुन प्रकारको फोहोर उत्सर्जन हुन्छ ? सड्ने खालको र नसड्ने खालको फोहोर कति उत्सर्जन हुन्छ ? लगायत सबै प्रकारका फोहोरबारे तथ्याङ्कगत अध्ययन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अध्ययनपछि फोहोर व्यवस्थापनका लागि आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्न सहज हुनेछ । नगरपालिकामै प्लान्ट जडान गर्ने योजना छ । वातावरण संरक्षणका लागि विभिन्न मापदण्डहरूसँगै रणनीतिक कार्य योजना बन्दै छ । नगरपालिकाकै वातावरण संरक्षण ऐन, वातावरण संरक्षणको प्रारूप लगायतका विभिन्न कानुनहरू निर्माणको क्रममा छन् । वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । सडकको दुवैतर्फ बिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्ने काम गरेको उहाँले स्पष्ट पार्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
2 रोटरीको पुस्तक प्रदर्शनीमा भसासको गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न
3 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
4 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x