माइक्रो र टिपर आपसमा ठोक्किदाँ १३ जना घाइते, २ कोअवस्था गम्भिर | Jana Aawaj News

माइक्रो र टिपर आपसमा ठोक्किदाँ १३ जना घाइते, २ कोअवस्था गम्भिर

पढ्न लाग्ने समयः < 1 मिनेट
माइक्रो र टिपर आपसमा ठोक्किदाँ १३ जना घाइते, २ कोअवस्था गम्भिर : Jana Aawaj News

जन आवाज संवाददाता
कुरिनटार । चितवनको कुरिनटारमा आज बिहान माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौं तर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रो र विपरित दिशाबाट आइरहेकोे बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्ग अन्र्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा आज विहान ७ः१० बजे एक आपसमा ठोक्किदाँ माइक्रोमा सवार १३ जना घाइते भएका प्रहरीले जानकारी गराएको छ ।

घाइते हुनेहरुमा दुई जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ । घाइतेहरु मध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौं पठाइएको प्रहरीले जानकारी गराएको हो ।

उक्त दुर्घटना प्रहरीका अनुसार माइक्रोले ओभरट्याक गर्ने क्रममा भएको हो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न