
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले ‘साओमी ११ टी प्रो’ मा १२० वाटको १७ मिनेटमा फुल चार्च हुने हाइपरचार्ज फास्ट चार्जिङ सिस्टमको स्मार्टफोन बजारमा ल्याएको छ ।
‘११ टी’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको हो । यसअन्तर्गत यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने, जुन १७ मिनेटमै फुल चार्ज हुने कम्पनीले बताएको छ ।
सार्वजनिक भएको सो स्मार्ट फोनमा कम्पनीले बताए अनुसार १० मिनेटको चार्जमा ७२ प्रतिशत चार्ज हुन्छ भने, साओमीले सार्वजनिक गरेको ‘मि १० अल्ट्रा’ भन्दा यो अझ फास्ट भएको कम्पनीले बताएको छ ।
यसैगरी सो मोबाइल राख्ने बक्सका साथै स्मार्टफोनको पछाडिको भाग प्लास्टिकले बनेको छ । त्योभन्दा बाहेक अन्य फिचर भने समान रहेका कम्पनीले बताएको छ ।
फोनमा स्न्यापड्रागन ८८८ प्रोसेसर रहेको फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा साओमी ११ टी प्रोको मूल्य ८ जीबी ¥याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको ७६८ डलर ९९० हजार रूपैयाँको हारहारीमा र १२ जीबी ¥याम तथा २५६ जीबी स्टोरेजको मूल्य ८८६ डलर एक लाख चार हजार रूपैयाँको हारहारीमा निर्धारण गरिएको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related
















Total views : 347535










