गुगलद्धारा क्रोम अपडेट गर्न चेतावनी | Jana Aawaj News

गुगलद्धारा क्रोम अपडेट गर्न चेतावनी

पढ्न लाग्ने समयः < 1 मिनेट
गुगलद्धारा क्रोम अपडेट गर्न चेतावनी : Jana Aawaj News

काठमाडौं । तपाईले चलाउने गुगल क्रोम अवडेट गुर्नुभयो छैन भने, तुरुन्त अपडेट गर्नुहोला । अर्बौको सङ्ख्यामा रहेका आफ्ना प्रयोगकर्तामाथि सुरक्षा खतरा उत्पन्न भएपछि गुगलले क्रोम अपडेट गर्न सूचना नै जारी गरेको छ । हालसालै ९३.०.४५७७.८२ प्याचमा सुरक्षा सम्बन्धी जोखिमपूर्ण ११ कमजोरी सुधार गरिएको बताइएको छ ।
लाखौँको सङ्ख्यामा भएका सबै प्रयोगकर्ताहरुलाई सुरक्षित राख्न गुगलले आफ्ना लोकप्रिय सफ्टवेयरमा अपडेट सुरु गरेको हो । गुगल क्रोम प्रयोग गर्दा अपडेट भएको सुनिश्चित गरी सुरक्षित रहन गुगलले सुचना जारी गरेको हो ।
क्रोमले गरेको अपग्रेडबाट गुगल क्रोममा दुईवटा बग भेटिएका थिए । जसलाई ‘जेरो डे’ रेटिङ दिइएको छ ।
‘जेरो डे’ चेतावनी सबै ग्याजेट प्रयोगकर्ताका लागि नराम्रो सपना हुने गर्छ । किन कि ‘जेरो डे’ को मौका छोपेर ह्याकरले तुरुन्तै निसाना बनाउन सक्छन् । ह्याकरहरूले यस्ता रेटिङ भएका सफ्टवेयरहरूको फाइदा उठाउन थालेकाले अपग्रेड गर्न सुचना जारी गरिएको हो ।

 

+ posts