भक्तपुर । आज भक्तपुरको चाँगुनारायण नगरपालिकामा पत्रकारसँगको भेटघाट कार्यक्रममा उपमेयर रमेश बुढाथोकीले नगरपालिकामा डोजर आतङ्क बढेको बताउनुभयो ।
उहाँले वडा नं. १ देखि ९ सम्मका डाँडाहरुमा अन्धाधुन्ध डोजर चलेको बताउनुभयो । नगरभित्र अन्धाधुन्ध डोजर आतङ्क सिर्जना भएको बताउदै सञ्चारकर्मीहरूलाई उपमेयर बुढाथोकीले ४र५ रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लग्ने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर डोजर चलाइरहेको उहाँले बताउनुभयो ।
उहाँले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिएता पनि डोजर चल्न नरोकिएको जानकारी दिनुभयो । त्यसबारे जनप्रतिनिधि समेत मौन रहेको जानकारी दिनुभयो ।