भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक | Jana Aawaj News

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक : Jana Aawaj News
 काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।
१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।

चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत  देख्न सकिन्छ ।

रोशन राई निर्माता रहेको फिल्मलाइ प्रशान्त रसाईलीको निर्देशन बनेको हो। फिल्मलाइ देवजंग थापाले पुन सम्पादन गरेका हुन् ।
भिडियो लिन्कमा हेर्नुहोला:
+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न