सुर्यविनायक नपाद्वारा हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक | Jana Aawaj News

सुर्यविनायक नपाद्वारा हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक

पढ्न लाग्ने समयः < 1 मिनेट
सुर्यविनायक नपाद्वारा हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक : Jana Aawaj News

जन आवाज संवाददाता
भक्तपुर । सुर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्रभित्र हिउँदयाममा जग्गा सम्याउनको लागि हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक लगाएको छ ।

नगरपालिकाले सम्बन्धित जग्गाधनीहरुलाई अनुगमन समितिको प्रतिवेदन लिई नियमानुसार हेभी इक्वीप्मेण्ट प्रयोग गरी जग्गा सम्याउने लगायत जग्गा विकासका काम गर्न अनुमति दिदै आएको थियो ।

यस वर्ष वर्षायाम शुरु हुन लागेकोले हुन सक्ने बाढीपहिरो लगायतका विपदजन्य घटनालाई मध्ये नजर गर्दै मिति २०८१।०२।०८ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार मिति २०८१।०२।१५ गते देखि अर्को सूचना प्रकाशित नभए सम्मको लागि हेभी इक्वीप्मेण्ट प्रयोग गरी जग्गा सम्याउने लगायत जग्गा विकासका काम गर्न पूर्ण रुपमा रोक लगाएको सुचना प्रकासित गरेको छ ।

नपाको सूचना विपरित हेभी इक्वीप्मेण्ट प्रयोग भएको कानुन बमोजिम कारवाही गरिने समेत जानकारी गराएको छ ।

सुचना सहित :

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न