विनायक जुनियर रेडक्रस सर्कल पुनःगठन | Jana Aawaj News

विनायक जुनियर रेडक्रस सर्कल पुनःगठन

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायक जुनियर रेडक्रस सर्कल पुनःगठन : Jana Aawaj News

भक्तपुर । “रेडक्रस अभियानमा लागू विपत्तिमा परेका मानवलाई सेवा गरौं” भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रसको विधि अनुसार रेडक्रसमा “म सेवा गर्छु” नारालाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मजबुद थिमीले आइतबार विनायक जुनियर रेडक्रस सर्कल को पुनःगठन गरेको छ ।

विनायक जुनियर रेडक्रस सर्कलका संयोजक शिक्षक रामचन्द्र प्रजापतिको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिब ५० जना विद्यार्थीहरूकोे सहभागीता रहेको थियो ।

उक्त भेलामा कृषा प्रजापतिको अध्यक्षतामा शैक्षिक सत्र २०८१ को लागि विनायक जुनियर रेडकस सर्कल गठन गरिएको छ । उक्त कार्यक्रममा नयाँ पदाधिकारीहरूलाई बधाई ज्ञापन गरी प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सफल कार्यकालको शुभकामना प्रदान गर्नुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न