नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री | Jana Aawaj News

नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री : Jana Aawaj News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुन लागेको बताउनुभएको छ । मंगलबार बिहान प्रधामन्त्रीले सामाजिक सञ्जालमार्फत सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताउनुभएको हो ।

सम्पुर्ण टिमलाई शुभकामना दिनुहुदैं एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्न लागेकाले विश्वको ध्यान नेपालतर्फ खिचिएको उहाँको भनाई छ । ‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ ।’ उहाँले भन्नुभयो, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

‘मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ । ‘मेरो विश्वास छ- विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ । उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ ।’

+ posts

 

 

ताजा
1 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
2 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
3 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
4 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न