नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री : Jana Aawaj News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुन लागेको बताउनुभएको छ । मंगलबार बिहान प्रधामन्त्रीले सामाजिक सञ्जालमार्फत सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताउनुभएको हो ।

सम्पुर्ण टिमलाई शुभकामना दिनुहुदैं एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्न लागेकाले विश्वको ध्यान नेपालतर्फ खिचिएको उहाँको भनाई छ । ‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ ।’ उहाँले भन्नुभयो, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

‘मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ । ‘मेरो विश्वास छ- विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ । उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ ।’

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x