५१ वर्षिय यानु कुमारीले गरिन श्रीमानलाई कलेजो प्रत्यारोपण | Jana Aawaj News

५१ वर्षिय यानु कुमारीले गरिन श्रीमानलाई कलेजो प्रत्यारोपण

पढ्न लाग्ने समयः < 1 मिनेट
५१ वर्षिय यानु कुमारीले गरिन श्रीमानलाई कलेजो प्रत्यारोपण : Jana Aawaj News

जन आवाज संवाददाता
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई उनकी ५१ वर्षिय श्रीमती यानु कुमारी गौतमले कलेजो दान गरेकी छिन् ।

केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण गरेका निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिन बुधबार सकुशल डिस्चार्ज भएका छन् ।

बरिष्ठ कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।

केन्द्र स्थापना भएको १२ वर्षमै देशको सबैभन्दा धेरै १२,४८ जना मृर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्व स्तरीय सेवा उपलब्ध गराउँदै आएको छ र वार्षिक करीब २ अरब रुपैयाँ देशमै संचिति गरेको केन्द्रले जनाएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न