वागीश्वरीमा बारा चटामरी विशेष पर्व मनाइयो | Jana Aawaj News

वागीश्वरीमा बारा चटामरी विशेष पर्व मनाइयो

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरीमा बारा चटामरी विशेष पर्व मनाइयो : Jana Aawaj News

भक्तपुर । वागीश्वरी मा.वि. तुमचोमा बारा चटामरी विशेष पर्व मनाइयो । स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ को भावनाअनुसार कक्षा ८ का ३३८ जना विद्यार्थीहरूलाई मुगीको बारा र चटामरी पकाई खुवाइयो ।

जून ५ को विश्व वातावरण दिवसको उपलक्ष्यमा वागीश्वरी माविका विद्यार्थीहरूलाई पानीका स्रोतहरू कमलविनायक पोखरी, गरुडकुण्ड, च्याम्हासिंह पोखरी, वाचुहिटी, जसहिटी सरसफाइ गरी सिथिनखको समेत संस्मरण गरियो । सोी संस्मरणको क्रममा आज बारा चटामरी पकाई खुवाइएको हो ।

चामलको पीठो २४ किलो र मुगी १५ किलोको बारा रुचि राख्ने विद्यार्थीहरूलाई पकाउन समेत लगाइएको थियो ।
ख्वपको पहिचानका शिक्षिका शोभालक्ष्मी गोसाई, शिक्षकहरू राजन लाखा र धनेशराज राजोपाध्यायको पहलमा शिक्षिकाहरू कविता प्रजापति, कल्पना सुवाल, रामप्यारी सैंजू, रेनु प्रजापति, श्रीया पहिजू, दिपिका ह्यंगोजु, रीता शिल्पकार, रामलक्ष्मी कोजूलगायतका शिक्षिकाहरूले विद्यार्थीहरूलाई बारा चटामरी पकाउन सिकाउनु भएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
2 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
3 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
4 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न