आज देशका केहि भागहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा हुने | Jana Aawaj News

आज देशका केहि भागहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
आज देशका केहि भागहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा हुने : Jana Aawaj News

काठमाडौं । आज देशका केहि भागहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

आज दिउँसो भने, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । त्यसैगरी रातीː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न