
भक्तपुर, २६ जेठ । आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको ९औं अधिवेशन तथा साधारण सभाको कार्यक्रममा प्रेस युनियनले कार्यक्रम बहिस्कार गरेको छ ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सांसद दुर्लभ थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रमलाई कांग्रेस निकट प्रेस युनियनले बहिस्कार गरेको
हो ।
कार्यक्रममा विशेष अतिथि कांग्रेसबाट नै निर्वाचिन मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ समेत रहेका थिए । महासंघको निर्वाचनको संघारमा यो सँगै कांग्रेसभित्रको गुटवन्दी छताछुल्ल देखिएको छ ।
महासंघ भक्तपुरको जिल्ला अध्यक्ष समेत कांग्रेसकै जगत प्रजापति रहेका छन् । त्यस्तै कार्यक्रमलाई महासंघकै केन्द्रीय पदाधिकारीले समेत बहिस्कार गरेका छन् । अध्यक्ष प्रजापतिले केन्द्रका पदाधिकारीलाई अतिथिको रुपमा निमन्त्रणा गरेता पनि कार्यक्रममा सहभागिता नजनाएको गुनासो गरेका हुन् ।
प्रेस युनियनका जिल्ला सभापति तथा महासंघका उपाध्यक्षसमेत रहेका सुन्दर सिल्पकारले एक विज्ञप्ती जारी गर्दै नेतृत्वले महासंघको विधान विपरित जवरजस्त अधिवेशन गरेको आरोप लगाएका छन् । सदस्यतामा आफन्त, स्वार्थ, नियोजित तथा गुटवाद चलाएको भन्दै युनियनले विज्ञप्ती मार्फत नेतृत्वलाई गम्भीर आरोप लगाएको हो ।
कार्यक्रममा महासंघको जिल्ला कार्यसमितिको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा विविध विषयहरुलाई पारित गरेको छ ।
कार्यक्रममा ४ जना पत्रकारलाई सम्मान गरिएको थियो । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसैगरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई नगद रु. १५ हजार रुपैयाँसहित स्व. भगवान राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
यसैंगरी ५/५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई गृहस्थी महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयादेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
