भक्तपुरमा वः फेस्टिबल २०२४ सुरु (तस्बिरमा हेर्नुहोस् ) | Jana Aawaj News

भक्तपुरमा वः फेस्टिबल २०२४ सुरु (तस्बिरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 3 मिनेट
भक्तपुरमा वः फेस्टिबल २०२४ सुरु (तस्बिरमा हेर्नुहोस् ) : Jana Aawaj News

जन आवाज संबाददाता
भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो-२०२४ सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला शुरु भएको हो ।

 

Photo:Suresh Khawaka Shrestha

मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नं ७ नगदेशको प्रांगणमा मेला शुरु भएको छ । विहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म सञ्चालन भएको मेलामा काठमाडौँ उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुहलगायतका विभिन्न ग्रीन भेजिटेबल र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिनेछ । मेलामा नेवारी रेष्टुराालगायत स्थानीय किसान र आमा तथा महिला समूहको मेहनत खेल नजाओस भन्ने उद्देश्यले स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य संघसंस्थालाई चार लाख रुपैयाँभन्दा बढीको अग्रीम कुपन बिक्री समेत भइसकेको समितिले जनाएको छ ।

मेलामा विभिन्न वःका परिकार उपलब्ध हुनेछन् । अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ । केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वःरलापी वः, खें वः ख्वल्चा वः, भु वःरतःपा वः, सू वःरबारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । समितिका अनुसार कतिपय वः खानाका परिकारका रुपमा लिइँदैन ।

लिच्छिवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो । मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के कति महत्वबारे पनि जानकारी दिइनेछ । वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।

मेलाले मध्यपुरथिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकार समेत प्रस्तुत गरिने समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनुभयो ।

मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो । मेलाका लागि नगरपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वस्फूर्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरी कुल आठ लाख रुपैयाँ लागतमा मेला सम्पन्न गरिने मेला संयोजक बिक्रम बाडेले बताउनुभयो ।

मध्यपुरमा रहेका प्राकृतिक सौन्दर्यता, विभिन्न पर्यटकीय आर्कषण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौं उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पुर्याई पर्यटकलाई आकर्शित गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ ।
समितिका अनुसार, मध्यपुरमा भएको माटोको भाँडो बनाउने, सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित मेला आयोजना गरिएको हो ।

यसै सिथिनखःबाट मध्यपुर थिमिका जनताबाट सेवा प्रदान गरी मध्यपुरबासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकलाई तथा आन्तरिक पर्यटकलाई देखाउनका लागि मेला आयोजना गरिएको समितिको भनाइ छ । वः खाने प्रचलन मल्लकालबाट सुरु भएको मान्यता छ ।

भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरु तलेजु भगवानलाई चढाउने गरिन्छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न