गुण्डुमा दुई दिने अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न | Jana Aawaj News

गुण्डुमा दुई दिने अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
गुण्डुमा दुई दिने अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज संवाददाता
भक्तपुर । सुर्यविनायक नगरपालिका ७ नं वडा कार्यालयको व्यवस्थापन तथा गुण्डू सामुदायिक सिकाई केन्द्रको आयोजनामा दुई दिवसिय अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम शुक्रबार र शनिबार गरी दुई दिनसम्म अभिमुखीकरण कार्यक्रममा वडाभित्रका ३÷३ वटा बचत तथा ऋण सहकारी संस्था, महिला बचत तथा ऋण सहकारी संस्था र कृषि सहकारी संस्था गरी ९ वटा संस्थाका सञ्चालक समितिका पदाधिकारीबीच अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षक वेदप्रसाद सापकोटाले सहकारी र सहकारी संस्थाबीच समन्वय, वैधानिक तथा कानुनी अवस्था र संभावना, सहकारी संस्थाका समस्याका साझा विकल्पकहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रशिक्षक कुमार खत्रीले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, नेपालमा सहकारी संस्थाहरुबाट अन्तर्राष्ट्रिय सिद्धान्त पालनाको अवस्था, वर्तमान अवस्थामा सहकारी संस्थाले भोगिरहेको मुख्य चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमसिना (भट्टराई) ले अभिमुखीकरण कार्यक्रमले सहकारी क्षेत्रमा देखिएको विद्यमान समस्याको समाधान गर्न सहयोग पुग्ने बताउदैें अधिकांश सहकारी संस्थाको कतिपय मुद्दा साझा समस्या बनिरहेको अवस्थामा अन्तरसहकारी समन्वय सम्बन्धी अभिमुखीकरण कार्यक्रमले सहकारी संस्था र सदस्यलाई राहत महशुस गराउने बताउनुभयो ।


सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगर प्रवक्ता रबिन्द्र सापकोटाले सहकारी संस्थाका पदाधिकारीलाई प्रदान गरिएको अभिमुखीकरण कार्यक्रम प्रभावकारी र लाभदायक हुने र यस कार्यक्रम मार्फत सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न सबैलाई आग्रह समेत गर्नुभयो । साथै कार्यक्रममा सहभागीहरु सबैलाई वडाध्यक्ष सापकोटाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 

 

+ posts