तीनदिने भर्चुअल टुर गाइड एण्ड रिर्फेसर तालिम आजबाट सुरु | Jana Aawaj News

तीनदिने भर्चुअल टुर गाइड एण्ड रिर्फेसर तालिम आजबाट सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
तीनदिने भर्चुअल टुर गाइड एण्ड रिर्फेसर तालिम आजबाट सुरु : Jana Aawaj News

भक्तपुर । विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले अनलाइनमार्फत तीनदिने भर्चुअल टुर गाइड एण्ड रिर्फेसरहरुको तालिम आजबाट सुरु गरेको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले तालिम सामाग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न नगरका विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरूलाई अगाडि बढाउँदै आएको बताउनुहुँदै भर्चुअल टुर गाइड तालिमले क्षमता अभिवृद्धि भई सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो ।
विदेशी पर्यटकहरूको सेवामा लागेका स्थानीय पथप्रदर्शकहरूलाई नगरपालिकाले समय समयमा यस्ता पुनर्ताजगी तालिम संचालनमा जोड दिँदै आएको बताउनुहुँदै उपप्रमुख जोशीले कोभिड महामारीको कारण स्थानीय पर्यटन व्यवसायमा नकारात्मक असर परेको समेत बताउनुभयो ।
कर्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले समयसापेक्ष तालिमहरु सञ्चालन गर्दै कर्मचारीहरुलाई परिष्कृत बनाउँदै आइरहेको बताउनुहुँदै भक्तपुरको पर्यटन विशेष र पृथक रहेको बताउनुभयो ।
उहाँले सम्पदा पुनर्जागरित गर्नुपर्ने जिम्मेवारी हाम्रो भएको बताउनुहुँदै नगरमा हरियाली प्रवद्र्धन गर्ने योजना रहेको र फोहोरमैला व्यवस्थापनबारे कर्मचारीहरुलाई तालिम सञ्चालन भइरहेको अवगत गराउनुभयो ।
यस्तै भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पर्यटक पथ प्रदर्शकहरुलाई विश्व समुदायमा चिनाउने वर्गको रुपमा परिचित गर्नुहुँदै भक्तपुरलाई स्वाधीन बनाउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि तालिमको महत्वमाथि प्रष्ट पार्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न