पहिलो पटक अन्तरिक्ष घुमेर चार जना ‘पर्यटक’ पृथ्वीमा फर्किए | Jana Aawaj News

पहिलो पटक अन्तरिक्ष घुमेर चार जना ‘पर्यटक’ पृथ्वीमा फर्किए

पढ्न लाग्ने समयः < 1 मिनेट
पहिलो पटक अन्तरिक्ष घुमेर चार जना ‘पर्यटक’ पृथ्वीमा फर्किए : Jana Aawaj News
अन्तरिक्षमा जाने पर्यटकहरुमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान, फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर ।

एजेन्सी । अन्तरिक्षमा घुमेर ४ जना पर्यटम फर्किएका छन् । स्पेस एक्सको इनस्पिरेसन ४ मिसन अन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको हो । तीन दिनअघि उनीहरू पृथ्वीबाट उडेको समाचार संस्था रोयटर्सले बताएको छ ।
रोयटर्सका अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटर माथिसम्म पुगेर यात्रा गर्न सफल भएका थिए ।
अन्तरिक्षको यात्रा सकेर चार जना पर्यटक शनिबार पृथ्वीमा फर्किएका हुन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएका हुन् ।
यस्तै यसअघि भने अन्तरिक्ष यात्रीहरू मात्रै अन्तरिक्षमा जाने गरेको भए पनि पहिलोपटक सर्वसाधारण अन्तरिक्षको अवलोकन गरेर पूथ्वीमा फर्केका छन् ।

अन्तरिक्षमा जाने पर्यटकहरुमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान, फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर रहेका छन् ।
अन्तरिक्षको यात्राका लागि उनीहरूले कति रकम तिरे भन्ने अझैसम्म नखुलाइएको बताइएको छ । उनीहरूको यात्रा व्यवसायी आइज्याकम्यानले प्रायोजन गरेको बताइएको छ । उक्त स्पेस एक्स अमेरिकी अर्बपति एवं टेस्ला कम्पनीका मालिक एलन मस्कको कम्पनी रहेको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न