भारतले अमेरिकालाई हराउँदै विश्वकपको सुपर आठमा | Jana Aawaj News

भारतले अमेरिकालाई हराउँदै विश्वकपको सुपर आठमा

पढ्न लाग्ने समयः < 1 मिनेट
भारतले अमेरिकालाई हराउँदै विश्वकपको सुपर आठमा : Jana Aawaj News
photo :icc-cricket.com

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अमेरिकालाई पाखा लगाउँदै विश्वकपको सुपर आठमा पुग्न सफल भएको छ ।

अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो ।
भारतले लगातार तेस्रो जित हात पारेको छ, समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएके छ । सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानाडाको समान दुई अङ्क रहेको छ । आयरल्यान्डले भने अङ्क खाता खोल्न सकेको छैन ।

खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

खेलमा भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए, यस्तै ऋषभ दुबेले ३१ रन बनाउन सफल भए भने ऋषभ पन्तले १८ रनको योगदान दिएका थिए ।

यसैगरी भारतका अर्शदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्डेयाले दुई तथा एक्सर पटेलले एक विकेट लिएका थिए ।
खेलमा अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने, अली खानले एक विकेट लिएका थिए । टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्शदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब बनाउन सफल भएका थिए । त्यसपछि नितिश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने, अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाउन सफल रहे ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न