जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैे | Jana Aawaj News

जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैे

पढ्न लाग्ने समयः < 1 मिनेट
जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैे : Jana Aawaj News

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ ।
उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् भने, अध्यक्षबाहेक सबै पदाधिकारीमा आज धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत मतदान हुन लागेको हो ।

आज हुने मतदानमा २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन हुन लागेको हो । दिउँसो १२ बजेदेखि मतदानको समय निर्धारण गरिएको छ । यसअघि हिजो अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मतदानको समय तोकिए पनि सहमतिको प्रयास गर्ने क्रम जारी रहेकाले मतदानको प्रक्रिया स्थगित गरी आजका लागि सारिएको निर्वाचन समितिले बताएको छ ।

उम्मेदवारी दिनेहरुमा पार्टी सह अध्यक्षमा लालबाबु राउत, राजकिशोर यादव र रकम चेम्जोङ, पाँच उपाध्यक्षका लागि १७ पुरुष र ६ महिलाको उम्मेदवारी, महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजयकुमार, मनिष सुमन र अशोककुमार यादवको उम्मेदवारी, उपमहासचिवमा खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी, सात सचिव पदका लागि ३४ जनाको उम्मेदवारी र कोषाध्यक्षमा एक पदका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

 

+ posts