भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु | Jana Aawaj News

भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु : Jana Aawaj News

जन आवाज संवाददाता
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ ।

संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा दिने बताउनुभयो । उहाँले आपूmले सिकेको कलालाई मौलिक रुपमा प्रस्तुत गर्न रुपरेखासँगै अध्ययनको आवश्यकता औंल्याउनुभयो । साथै उनले तालिमबाट आन्तरिक क्षमता वृद्धि गर्ने अपेक्षा गर्नुभयो ।
तालिमका प्रशिक्षक शरद राईले आपूmसँग रहेको कलात्मक प्रस्तुतीलाई सिलसिलाबद्ध रुपमा चित्त बुझ्ने गरी दिने कला नै भाषणकला भएको प्रष्ट्याउनुभयो । उहाँले प्रश्न सोध्नेभन्दा सही समयमा सही उत्तर दिने व्यक्ति महत्वपूर्ण हुने बताउनुभयो । उहाँले तालिमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, विकल कोजुलगायतले तालिमबारे बोलेको थियो । तालिममा २२ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न