साइबर ब्युरोद्धारा शोभा पाठक पक्राउ | Jana Aawaj News

साइबर ब्युरोद्धारा शोभा पाठक पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
साइबर ब्युरोद्धारा शोभा पाठक पक्राउ : Jana Aawaj News

काठमाडौँ । प्रहरीको साइबर ब्युरोको टोलीले धादिङकी शोभा पाठकलाई आज पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी आज ललितपुरको पुल्चोकबाट पक्राउ परेकी छिन् ।

पछिल्लो समय एकपछि अर्को भीआइपीसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम हो जानुका । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्र्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको पाइएको छ ।
उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको विभिन्न प्रमाणले देखाएको छ ।
शोभाले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्र्मी सहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गर्दै आएको पाइएको छ । विभिन्न कार्यक्रममा भेट भएको बेला फोटो लिइ हाल्ने र सम्बन्ध बनाउँदै बागर्नेनिङ समेत गर्ने गरेको पाइएको छ ।

शोभाले सम्बन्ध राखेर कसै–कसैबाट मोटो रकम तथा जग्गा जमिन आफ्नो नाममा ल्याउने गरेको समेत खुलेको छ । शोभाले कानुनको दुरुपयोग गर्दै जवरजस्ती करणीको चारवटा मुद्धासमेत दर्ता गरेको बताइन्छ । शोभाले विषेशगरी पैसा र पावर भएका व्यक्तिसँग चिनजान हुनसाथ मदिरा सेवन गर्ने, अश्लिल शब्दहरु बोल्ने र त्यसलाई आफैं रेकर्ड गरी ट्रयापमा पार्ने गरेको पाइएको छ ।

 

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न