नारायण थापा
काठमाडौं । आज ब्लड डोनर्स एशोशिएशन नेपाल ब्लोदानको आयोजनामा विश्व रक्तदान दिवस समारोह (२०८१) सम्पन्न भएको छ ।
कार्यक्रममा ब्लड डोनर्स एशोशिएशन नेपाल (ब्लोदान) का अध्यक्ष सानु बाबु प्रजापतिले २०२३ सालमा रेड्क्रस सोसाईटिबाट ब्लड बैंकको स्थापना भएको बताउदैं संघ संस्थाहरुले रक्तदान कार्यक्रममा प्रतिनिधित्व गर्दै ब्लोदानले निरन्तर कार्य गर्दै आएको बताउनुभयो।
विभिन्न संस्थाहरुसंग समन्वय गर्दै महानगरको सहयोगले रक्तदानका कार्यक्रमहरु गर्दै आएको छ । २ दशकदेखी ब्लोदानले निरन्तर रुपमा कार्यक्रम गर्दै विभिन्न विधामा संघसंस्थालाई पुरस्कार वितरण गर्दै आएको जानकारी गराउनुभयो ।
नेपाः वेक्वट खुसिबु काठमाडौंमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथी ब्लोदानका संरक्षक एवं वरिष्ठ संचारकर्मी भाष्कर राजकर्णिकारले प्रत्येक वर्ष यस दिन रक्तदान दिवसको रुपमा आयोजना हुने यस कार्यक्रमको मुख्य उदेश्य रक्तदान जीवन दान हो । रक्तदान भित्रि भावनाबाट गर्ने कार्य हो । रक्तदान गर्नु, संकलन गर्नु र लक्षित समुहसम्म पुर्याउने कार्य महत्वपुर्ण भएको बताउनुभयो । साथै रगत मानिसलाई नचाहिदा त्यसको महत्व हुदैन तर जब रगतको आवश्यकता पर्दछ तब मात्र त्यसको महत्व थाहा हुने बताउनुभयो । प्रविधिको समयमा अब अनलाइनबाट रगत प्राप्त गर्न सकिने भएकोले यो कार्यलाई अगि बढाउनु पर्ने बताउनुभयो । यस किसिमको कार्यक्रमले रगतको आवश्यकता पर्ने व्यक्तिहरूमाझ छिट्टै रगत पुर्याउन सक्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य ब्लोदानका उपाध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो । यसैगरी शुभकामना मन्तव्य महासचिव टि. यु लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टरका अजय प्र. खनालले दिनुभएको थियो ।
कार्यक्रममा ब्लड फण्डका सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । मायाको चिनो प्राप्त गर्नेहरुमा केशव महर्जन महासचिव ब्लोदान, राम मन्दिर नारी चेतना शीपमूलक सहकारी संस्था लि. कपन, नारायण महर्जन तारकेश्वरलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा सह आयोजकहरुलाई कदरपत्र वितरण गरिएको थियो । संस्थाहरु मध्य थंबही ल्याम्ह पुचः मचा कवः, थंबही काठमाडौं, ब्लोदान काठमाडौं गोकर्णेश्वर नगर समिति, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौं, हिमस्खला एकेडेमी स्कूल गोकर्णेश्वर, पुचः पशुपति, मित्रपार्क चाबहिल, जालपा मा.वि. बानियाँटार टोखा, गोखां जनकल्याण संघ ग्वंगःबु काठमाडौं, वडा ग्खाहाली पुचः, कामपा १९ र श्री नेवाः सांस्कृतिक पुचः कामपा १९ रहेको थियो ।
यसैगरी ब्लोदानको आह्वानमा रक्तदान गर्ने संस्थाहरुमा श्वेता फाउण्डेशन र ललितपुर महानगरपालिका वडा नं.२८ र २९ रहेको छ ।
कार्यक्रममा धेरै पटक रक्तदान गर्र्ने २७ जना रक्तदातालाई सिल्भर, गोल्डेन र डायमण्ड पीन वितरण गरिएको थियो । यस्तै नेपालमा रक्तदान गर्ने धेरै सघंसंस्थाहरु मध्ये १२ वटा संस्थाहरुलाई रनिङ सिल्ड अवार्ड र प्रमाण-पत्र हस्तान्तरण गरिएको थियो । रनिङ सिल्ड अवार्ड र प्रमाण-पत्र प्राप्त गर्नेहरुमा संकटा क्लब तेबाहाल, पशुपति मारवाडी सेवा सघं, गणेशमा सिङ अध्ययन प्रथिस्थान, लायन्स क्लब अफ काठमाडौं चाबहिल, नेपाल इलेक्ट्रीसिटि अथोरिटि, नेपाल एकेडमी फर टुरिजम एण्ड होटल म्यानेजमेन्ट, एन.आर.सि.एस चितवन जिल्ला, भद्रवती साकोस, ट्रिनिटि कलेज र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा प्रा.डा. सुदर्शन प्रसाद नेपाल, अध्यक्ष, ने.र.सो, डा. रन्जन राज भट्ट, निर्देशक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा राष्ट्रिय रक्त संचार व्यूरो, डा. श्रीप्रसाद अधिकारी निर्देशक परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल डा. अर्जुनप्रसाद सापकोटा, प्रमुख जिल्ला जनस्वास्थ्य अधिकृत जनस्वास्थ्य कार्यालय काठमाडौ, नविन मानन्धर, वडाध्यक्ष १७ नं. वडा कामनपा, नरोत्तम वैद्य, पूर्व प्रदेश सदस्य, भाइराम खड्गी, अध्यक्ष, कामनपा २८ नं. वडा उमेश ढकाल कार्यकारी निर्देशक ने.रे.सो, डा. रेखा मानन्धर श्रेष्ठ, सिनियर प्याथोलजिष्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पवन कुमार गुप्ता, निर्देशक केन्द्रीय रक्तसंचार सेवा, ने.रे.सो.सुर्य कुमारी श्रेष्ठ संस्थापक एवं वरिष्ठ सल्लाहकार ब्लोदान, अजय प्रसाद खनाल महासचिव टि.यु. लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टर, दिव्य मणि दिक्षित संस्थापक ब्लोदान, सुवर्ण राज लम्साल संस्थाापक ब्लोदान सह आयोजकहरुमा आर. वी. ठकुरी, अध्यक्ष ब्लोदान काठमाडौं मध्य क्षेत्र, सन्जय पोखरेल अध्यक्ष ब्लोदान गोकर्णेश्वर नगर समिति, अनिल महर्जन अध्यक्ष थबही ल्यायम्ह पुचः मचा कवः, नारायण भक्त श्रेष्ठ प्रिन्सिपल, हिमश्रृंखला एकेडेमी स्कूल, सुरेन्द्र डंगोल अध्यक्ष पशुपति ज्यापु पुचः, किशोर राज बन्त अध्यक्ष गोखां जनकल्याण संघ, सुजनकुमार श्रेष्ठ प्रिन्सिपल जालुपा मा. वि., शंकर महर्जन अध्यक्ष १९ वडा ग्वाहाली पुचः, बुद्ध डंगोल झी नेवाः साँस्कृतिक पुचःश्री टिकाराम मण्डल, इन्चार्ज, कान्तिपुर रक्तसंचार सेवा, इन्चार्ज भक्तपुर रक्तसंचार सेवा ने.रे.सो., इन्चार्ज ललितपुर रक्तसंचार सेवा, ने.रे.सो., परशुराम दहाल इन्चार्ज परोपकार प्रसुती गृह रक्तसंचार सेवा, किरण योगी इन्चार्ज हिमाल रक्तसंचार सेवा, सुभाष गोयल वरिष्ठ सल्लाहकार ब्लोदान, नीता घिराइया वरिष्ठ सल्लाहकार ब्लोदान, विदुर खड्का, वरिष्ठ सल्लाहकार ब्लोदान, लोक नारायण सुवेदी वरिष्ठ सल्लाहकार ब्लोदान आदीको उपस्थिति रहेको थियो ।
अतिथिहरुमा रमेशध्वज बस्नेत सल्लाहकार व्लोदान, रजनी श्रेष्ठ सल्लाहकार ब्लोदान, राजेन्द्र कुमार श्रेष्ठ कमलाक्षी सल्लाहकार ब्लोदान, भारती कसा सल्लाहकार ब्लोदान, सूर्य लालमहर्जन सल्लाहकार ब्लोदान, सुभद्रा खड्का सल्लाहकार ब्लोदान, ज्ञानुराजा महर्जन सल्लाहकार ब्लोदान, ललीक बहादुर महर्जन सल्लाहकार ब्लोदान, मिलन श्रेष्ठ सल्लाहकार ब्लोदान, मुन्नी जोशी समाजसेवी, जीवन बस्नेत अध्यक्ष फ्रेण्ड्स अफ आरएच नेगेटिभ ब्लड ग्रुप, अग्निश रन्जित अध्यक्ष क्लव २५ नेपाल, जनककुमार खड्का, अध्यक्ष, ब्लोदान काठमाडौं जिल्ला शाखा, साधुराम महर्जन अध्यक्ष व्लोदान ललितपुर जिल्ला शाखा, रुकेश रन्जित अध्यक्ष ब्लोदान भक्तपुर जिल्ला शाखा, गणेश कुमार रन्जित अध्यक्ष ब्लोदान काभ्रे जिल्ला शाखा र कपिला जोशी अध्यक्ष ब्लोदान मकवानपुर जिल्ला शाखा आदी संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news