
भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठनm प्याब्सन सूर्यविनायक नगर समितिको अध्यक्षमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नगर समितिले सम्पन्न गरेको दोश्रो अधिवेशनले उपाध्यक्षमा विनोद काफ्ले, सचिवमा खुम शर्मा, कोषाध्यक्षमा भोला चौधरी र सदस्यहरुमा कृष्ण भक्त ङाखुरी, बालकुमार खत्री र यज्ञराज भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।
सूर्यविनायक प्याब्सनका तत्कालिन अध्यक्ष सानुराजा कार्काीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले उद्घघाटन गर्नुभएको थियो । कोभिडका कारण विद्यालय चल्नै नसक्ने गरि समस्यामा परेको उपाध्यक्ष थापाले बताउनुहुदै अनलाइन कक्षा सबै ठाउँमा प्रभावकारी नभएको स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुमति दिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले विद्यालय सञ्चालनमा मापदण्ड निर्धारण गर्नु तथा दशैँ अगाडि विद्यालय सञ्चालन गर्न नगरपालिकाले व्यवस्था गर्नु पर्ने बताउनुभयो । ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठले कोभिडका कारण विद्यालय निकै संकटमा परेको बताउदै भक्तपुरका स्थानीय तहले विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी प्याब्सनका केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेलले प्याब्सन नगर समिति स्थानीय तहसँगै मिलेर जानु पर्ने बताउदै देशभर ४० भन्दा बढी जिल्लामा प्याब्सनको भवन भएको तर केन्द्रीय प्याब्सनको भवन नभएको अवस्थामा यसवर्ष ११ करोडको लागतमा भवन खरिद गरेको जानकारी गराउनुभयो ।
प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीले विद्यालय खोल्न सबै अभिभावक तयार नभएको बताउदै सहज हुने अवस्थामा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सकिने तर भौतिक रुपमा कक्षा सञ्चालन गर्नसक्ने अवस्था नभएको बताउदै अनलाइन कक्षालाई नै निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमका सभापति सानुराजा कार्कीले विद्यालयहरु कोरोनाको मारमा परेकाले यस्तो जटिल समयमा स्थानीय निकायले निजी विद्यालयलाई अंकुश लगाउने कार्य गरेको बताउँदै सूर्यविनायक नगरपालिकामा तत्कालिन प्रशासकीय प्रमुख कमल ज्ञवालीले निजी विद्यालयलाई एक लाख रुपैया कर लगाए पछि विवाद परेको स्मरण गर्दै उहाँले विद्यालय सञ्चालकले कालोमोसो दल्ने चेतावनी दिएपछि ज्ञवाली पछि हटेको समेत अवगत गराउनुभयो । यस्तै कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य एवं भक्तपुरका सल्लाहकार श्रीकृष्ण केसी, केन्द्रीय सदस्य धर्मरत्न खाइतु, वाग्मति प्रदेश सहसचिव ऐश्वर्या विष्ट, काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, भक्तपुरका वरिष्ट उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष राजन कसपाल, उपाध्यक्ष विणा पाण्डे, सचिव कुमार श्रेष्ठ, डिल्लीराज जोशी, काठमाडौं जिल्ला कोषाध्यक्ष नवराज भट्ट, कामनपाका अध्यक्ष मुरारी सञ्जेल, मध्यपुर नगर प्याब्सन अध्यक्ष निलेश आचार्यलगायतले उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । शुभकामना व्यक्त गर्नु भएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 305737



