सूर्यविनायक नगर सभाको १६ औं अधिवेशन शूरु, सोमबार आर्थिक वर्षको बजेट सार्वजनीक गरिने (तस्विरमा हेर्नुहोस) | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

सूर्यविनायक नगर सभाको १६ औं अधिवेशन शूरु, सोमबार आर्थिक वर्षको बजेट सार्वजनीक गरिने (तस्विरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 5 मिनेट
सूर्यविनायक नगर सभाको १६ औं अधिवेशन शूरु, सोमबार आर्थिक वर्षको बजेट सार्वजनीक गरिने (तस्विरमा हेर्नुहोस) : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन शुक्रबारबाट शूरु भएको छ । अधिवेशनको पहिलो बैठकले सूर्यविनायक नगरपालिकाको प्रतीक चिन्ह लोगो र नगर गान सर्वसम्मत पारित गरेको छ ।

बैठकमा नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१ /०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख थापाले २ सय २२ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्ततु गर्नु भएको थियो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमुख थापाले नगरभित्रको बढ्दो बेरोजगारी दर कम गर्न स्वदेशमै रोजागरी सृजना गरी युवा वर्गमा देखिएको नैराश्यता अन्त्य गर्न दक्ष जनशक्ति उत्पादन गर्ने अभिप्रायले नगर क्षेत्रमा मागका आधारित सीपमूलक, रोजगारमूलक र आयमूलक तालिमहरु संचालन गर्नका लागि वडा नंं ७ को घ्याम्पेडाँडामा नगर प्रशिक्षण केन्द्रको स्थापना गरी नवप्रवर्तनका कार्यको शुभारम्भ गर्ने घोषण गर्नुभयो ।

साथै नगर क्षेत्रका कम्तिमा २५ जना नागरिकलाई रोजगारी उपलब्ध गराउन उद्यम, ब्यवसायको ब्यवसाय नवीकरण शुल्कमा छुट सहुलियत प्रदान गर्ने नीति अवलम्वन गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

नीति तथा कार्यक्रममा अनिवार्य आधारभूत, नि:शुल्क र जीवनोपयोगी माध्यमिक शिक्षाः सामाजिक पूँजीको विकास र विस्तार गर्ने सूर्यविनायकको इच्छा भन्ने नारालाई सार्थकता प्रदान गर्न सामुदायिक शिक्षाको गुणस्तर प्रर्वधन महाअभियान संचालन गरिने उल्लेख गर्नुभयो । अनिवार्य स्वास्थ्य बीमा कार्यक्रम संचालन गरी नगरबासीलाई स्वास्थ्य बीमामा पुहँचको लागि नागरपालिकाको तर्फबाट बीमा गर्न बीमा सहयोग कोषको स्थापना गरिने नीति पनि लिइएको बताइएको छ ।

यसैगरी, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा सबै नागरिकको सरल र सहज पहुँच सुनीश्चित गर्न मेयरसँग नागरिक स्वास्थ्य कार्यक्रम मार्फत प्रत्येक वडामा मासिक रुपमा १ जना चिकित्सक सहित मोबाइल क्लिनिक उपलब्ध गराई टेलिमेडिसिनलाई प्रोत्साहन गरिने भएको छ । साथै बहिरंग ओपिडी सेवाको विस्तार गरिने र नगर अस्पतालमा सघन प्रसुति सेवाको विस्तार गर्ने नीति लिइएको छ ।

खानेपानीको सहज र सरल पहुँच सुनिश्चित गर्न एक घर एक धारा अभियानको सफलताका लागि विद्यमान पानीका स्रोतहरुको नक्सांकन गरी अधिकतम उपयोगको नीति अवलम्बन गरिने भएको छ । नगरपालिकामा शूरु गरिएको घर लम्बरिगं गर्ने कार्यलाई थप ब्यवस्थित गरी सबैमा वडाहरुमा विस्तार गर्ने नीति समेत लिइएको छ ।

अधिवेशनमा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, सदस्य सचिव तारानाथ लुइँटेल, विषयगत समितिका संयोजकहरु सानुकाजी कायस्थ, रविन्द्र सापकोटा, प्रदीप कार्कीले विभिन्न प्रस्तावहरु पेश गर्नु भएको थियो ।

नगर अधिवेशनको अर्को बैठक आगामी जेष्ठ १० गते सोमबार बोलाइएको छ । सो बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गरिनेछ भने छलफल पश्चात नीति तथा कार्यक्रम र बजेट समेत पारित गरिने जानकारी गराइएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x