रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक | Jana Aawaj News

रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक : Jana Aawaj News

काठमाडौँ । कवि एवं गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको म्युजिक भिडियोमा न्यौपानेको शब्दमा बिन्दु परियारको स्वर रहेको छ ।

गजल शैलीको सो गीतमा सुदीप सागरले सङ्गीत संयोजन गरेका छन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा रविना बाकेको निर्देशन रहेको छ भने बालकुमार मगरले छायाङ्कन र सम्पादन गरेका हुन् ।

सहायक छायांकनमा गोपाल मगरले सहयोग गरेका छन् । न्यौपानेको शब्द रहेको यो गीतमा उनी आफैँले मोडलिङ समेत गरेकी छिन् । मोडलिङमा न्यौपानेलाई उनका श्रीमान् उमेश सापकोटाले साथ दिएका छन् ।

म्युजिक भिडियोमा प्रेममिल जोडीको माया पिरतीका विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । न्यौपानेको रेकर्ड गरिएको यो पहिलो गीत तथा म्युजिक भिडियो हो ।  आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गर्ने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने न्यौपानेले बताउनुभयो ।

(भिडियो हेर्नुहोस् )

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न