केकी र गौरव अभिनित चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु | Jana Aawaj News

केकी र गौरव अभिनित चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
केकी र गौरव अभिनित चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु : Jana Aawaj News

काठमाडौं । केकि अधिकारी र गौरव पहारी अभिनितत चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । पनौतीबाट यो चलचित्रको छायांकन सुरु गरिएको निर्माता तथा निर्देशक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ । यो चलचित्रको छायांकन पाँच दिन अगाडि सुरु गरिएको र २० दिनको सेड्यूल राखेर काम अगाडि बढाइएको बताइएको छ ।
सो चलचित्रमा नायक गौरव पहारी, नायिका केकी अधिकारी, कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भूमिका रहेको छ । चलचित्रको छायांकन सुरु भएसँगै कलाकारद्धय गौरव र केकीको पहिलो लुक्स पनि बाहिरिएको छ । चलचित्रमा संकल्प भुजेलको छायांकन तथा दिपक शर्माको संगीत रहेको छ ।
सो चलचित्र निर्देशक दिपक श्रेष्ठका अनुसार ६० लाखको बजेटमा बनिरहेको जानकारी दिनुभयो । यो चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने तयारी गरिएता पनि कोभिडका कारण रोकिएको यो चलचित्र पनौतिपछि फर्पिङमा पनि छायांकन हुने बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न