कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित | Jana Aawaj News

कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित

पढ्न लाग्ने समयः 2 मिनेट
कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित : Jana Aawaj News

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको छ । सो खेल युएईको अबुधाबी क्रिकेट रंगशालामा सोमबार राति भएको थियो ।
खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले १९ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाउन सफल भएको थियो । यता ९३ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमै १ विकेट गुमाउँदै लक्ष्य हासिल गरेको थियोे । कोलकाताका लागि ओपनर शुबमन गिलले ४८ रन बनाएका थिए भने, ३४ बलको सामना गर्दै उनले १ छक्का र ६ चौका बनाउन सफल रहे । खेलमा भेंकटेश आयरले भने ४१ रन बनाएका थिए । तेस्रो क्रममा ब्याटिङ गर्न आएका आन्द्रे रसेलले भने कुनै पनि बलको सामना गर्नुपरेन् । यस्तै बैंगलोरका लागि एक मात्र विकेट युजुवेन्द्र चाहलले लिएका थिए ।

खेलमा यसअघि ब्याटिङ गरेका देवदत्त पडिकालले २२, विकेटकिपर श्रीकर भरतले १६ रन हर्ष पटेलले १२ तथा ग्लेन म्याक्सवेलले १० रन बनाए भने, अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन भने सकेनन् । कप्तान विराट कोहली ५ रनमै एलबीडब्लू धरापमा परेपछि कोलकातालाई शानदार जित दिलाउन वरुण चक्रवर्ती र आन्द्रे रसेलले धारिलो बलिङ गर्दै समान ३÷३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका रसेलले ९ रन खर्चिए भने वरुणले ४ ओभरमा १३ रन बनाएका थिए। त्यस्तै लकी फर्गुसनले २ विकेट हात पारेका थिए ।

आईपीएलका बाँकी खेलहरु कोरोना महामारीका कारण स्थगित भएका थिए । सो बाँकी खेलहरु आइतबारदेखि युएईमा सुरु भइरहेको छ । आइतबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ । आज मंगलबार हुने खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्ने भएका छन् । आजको खेल नेपाली समयअनुसार दुबईमा ७ ˸४५ बजे सुरु हुने बताइएको छ ।

कोहलीले कप्तानी छाड्ने
भारतीय टोलीका कप्तानसमेत रहेका विरोट कोहलीले यस सिजनपछि बैंगलोरको कप्तानी छाड्ने भएका छन्। २०१३ देखि बैंग्लोरको कप्तानी सम्मालिरहेका कोहलीले २०२१ सिजनपछि टोलीको कप्तानको जिम्मेवारीमा नरहने घोषणा गरेका हुन्।

 

+ posts
ताजा
1 बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला
2 औद्योगिक शान्ति नेपाल संस्थाद्वारा भक्तपुरमा महोत्सब हुने
3 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न